Erani Mahal
माथागढी सहकारीको सहुलियत तरकारी तानसेनमा
94569487_264745177987597_4472682279520436224_n

पाल्पा, कोरोना भाइरसको लकडाउनको कारण खाध्यान्न लगायतका सामग्री किन्न र स्थानीय उत्पादन विक्री गर्न नपाएका माथागढीका किसानले आफ्नो उत्पादन काफल, काँक्रा लगायतका तरकारी तानसेनमा ल्याएका छन् ।


माथागढी बहुउद्देश्यीय सहकारी संस्था लि. चिदीपानी पाल्पाले माथागढी क्षेत्रका किसानले उत्पादन गरेका कृषि उपजहरु ढुवानी निशुल्क सुबिधा सहित विक्रीका लागि सदरमुकाम तानसेनमा ल्याएको सहकारीका अध्यक्ष राजकुमार पन्थीले बताउनुभयो ।

माथगाढीका रुप्से, चिदीपानी, सराई लगाएता स्थानबाट ताजा तरकारी उपलव्ध गराइएको पन्थीले रानीमहललाई बताउनुभयो ।

सहकारीले पहिलो पटक चिदीपानी रुप्से कसेनी क्षेत्रमा उत्पादन भएको भक्तपुरे लोकल काँक्रा ६० रुपैया, खिरा काक्रा २० र बन्दा प्रती केजी १० का दरले बिक्री वितरण गरीएको संस्थाका अध्यक्ष राजकुमार पन्थीले रानीमहललाई बताउनुभयो ।


कृषि ज्ञान केन्द्र पाल्पा र माथागढी सहकारीको सहजीकरणमा कृषि एम्बुलेन्सको प्रयोग द्वारा यो काम गरिएको हो । सहकारीले तानसेनको बाँसटारी, प्रभास, बर्तुङ, बसपार्क, ट्क्सार, सितलपार्टी, मेहलधारा र कारागार क्षेत्रका उपभोक्ताहरुको घरघरमा बितरण गरको सहकारीका अध्यक्ष पन्थीले बताउनुभयो ।

सहकारीले भक्तपुरे काँक्रा टमाटर, काफल, कोइरालो, सिब्लिगान, बन्दा, टमाटर लगायतका सामग्रीहरु बजारमा ल्याएको छ, स्थानीय तरकारी सस्तो मूल्यमा पाउँदा सदरमुकाम तानसेनका स्थानीय समेत दंग परेका छन् ।

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०७७  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update