Erani Mahal
तिनाउँको कोल्डाँडामा दोस्रो चरणको राहत प्रदान
ttd

पाल्पा, तिनाउँ गाउँपालिका ५ कोल्डाँडामा दोस्रो चरणको राहत वितरण गरिएको छ । कोरोना त्रास र लकडाउनका कारण अलपत्र परेका २ सय विपन्न परिवारलाई दोस्रो चरणको राहत प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले जानकारी दिनुभयो ।


तिनाउँ गाउँपालिकाका १ लाख, सत्यवती चुनढुंगा खानीबाट एक लाख गरी २ लाख बरावरको राहत प्रतिपरिवार २० किलो चामल वितरण गरिएको घर्तीले बताउनुभयो । राहत सामग्री वडा नं. ५ को कोल्डाँडा, विस्कुनडाँडा, मरामकोट, चरचरे, चौविसमाइल तथा वडा नं. ४ को बरैडाँडा र जाल्माघाटका विपन्न परिवारलाई वितरण गरिएको वडा दलबहादुर दर्लामीले बताउनुभयो ।


राहात हस्तान्तरण कार्यक्रममा स्थानीय युवा प्रेम श्रेष्ठ, खानीका व्यवस्थापक गाउँपालिका अध्यक्ष लगायतको उपस्थितिमा सबै दलको सहमतिमा तथ्यांक संकलन गरी वितरण गरिएको हो ।

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०७७  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update