Erani Mahal
नेपालका विभिन्न स्थानबाट पाल्पा फर्किएका १०५ जना क्वारेन्टाइनमा
palpa_carrentine_my0Ph3sMFy-1

पाल्पा – नेपालको विभिन्न स्थानबाट घरमा फर्किएका १०५ जनालाई पाल्पाका स्थानीय तहहरुले क्वारेन्टाइनमा राखेका छन् । नेपालको विभिन्न स्थानमा कोरोना संक्रमण देखिएपछि जिल्लामा फर्किएका १०५ जनालाई स्थानीय तहहरुले क्वारेन्टाइनमा राखेका हुन् ।


रोजगारीका लागि विभिन्न स्थानमा पुगेका उनीहरुलाई जिल्लामा फर्किएपछि क्वारेन्टाइनमा राखिएको बताइएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी यज्ञश्वर पन्थीका अनुसार निस्दी गाउँपालिकाभित्र स्थापना गरिएका विभिन्न क्वारेन्टाइनमा ४४ जना, रामपुरका दुई वटा क्वारेन्टाइनमा १७ जना, तानसेनको क्वारेन्टाइनमा २ जनालाई राखिएको छ । यस्तै पूर्वखोलाको विभिन्न क्वारेन्टाइनमा २१ जना, रम्भा हुँगीस्थित क्वारेन्टाइनमा ३, माथागढीको वडा नं. ६ मा रहेको क्वारेन्टाइनमा ६ जनालाई राखिएको छ ।


यस्तै बगनासकालीस्थित चिर्तुङ्धाराको क्वारेन्टाइनमा ३ जना, तिनाउ गाउँपालिकाको दोभान मावि क्वारेनटाइनमा ४ जना र रैनादेवीछहराको पुरानो स्वास्थ्यचौकी भवनमा रहेको क्वारेन्टाइनमा ५ जनालाई राखिएको छ । पछिल्लो एक सातायता विभिन्न काठमाडौँ, चितवन, दाङ्, पोखरालगायतका स्थानबाट हिडेर जिल्लामा आएकालाई क्वारेन्टाइनमा राखिएको प्रशासनका सूचना अधिकारी पन्थीले बताउनुभयो ।


विभिन्न जिल्लाबाट धेरै मानिसहरुसँगको भेटघाट र सम्पर्कमा रहेर आएकालाई क्वारेन्टाइनमा राखिएको स्थानीय तहहरुको भनाई छ । उनीहरुमा संक्रमण समेत हुन सक्ने भएकाले क्वारेन्टाइनमा राखिएको दावी गरिएको छ । अहिलेसम्म पाल्पामा क्वारेन्टाइनमा राखिएकालाई ¥यापिड टेस्टपछि मात्र घरमा पठाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७  २०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update