X
10
Shares

“नोकरशाहीको अन्त्य-जोकरको उदय”

रानीमहल संवाददाता || १२ बैशाख २०७७,शुक्रबार १०:०२

हो मेरो देश
लामो समय
नोकरशाहाको कब्जामा थियो
शाही अधिनस्थ थियो
कुल घरानाको मर्जीले चल्थ्यो
प्रजाहरूको बोली अपहरण भएको थियो
हातहरूमा नेल ठोकिएको थियो
जिव्रोमा करेन्ट लगाइएको थियो
खुट्टामा साङ्लो बाधिएको थियो


**
उनीहरू
दलितलाई छुनुहुँदैन भन्थे
महिलाहरू दास हुन भन्थे
मुसलमानहरू मानिस होइनन् भन्थे
मधेसीहरूलाई हेप्थे
आफू गाइको मासुवाट बनेको मिठाइँ खान्थे
यता गहुँतको नाट्क गर्थे


**
लामै चल्यो त्यो खुनी राज
त्यो बर्बर यूग थियो
नोकरशाही यूग थियो
पारिवारिक बिलाशिलताको यूग थियो
हुनेखानेहरूको बोलवालाको यूग थियो


**
समयान्तर
बर्बरताले सिमा नाघ्यो
दविएका
हेपिएका
पिछडिएका
जवर्जस्त पछि पारिएकाहरूले
बन्दुक उठाए
मुक्तिको मुट्ठी कसे


**
नोकरशाही बिरूद्द लड्दै गर्दा
१० औं बर्ष लाग्यो
१० औं हजार मरे
हजारौं बेपत्ता भय
हजारौं घाइते/अपाङ्ग भय
मुक्ति आन्दोलनको खातिर
सुनौलो बिहानीको खातिर


**
जहाँ मानीस-मानिस हरूमा भेद हुने छैन
छुवाछूत हुने छैन
महिलाहरूको सम्मान हुनेछ
मुसलमानहरू हेपिनु पर्दैन
मधेसीहरू हेपिनु पर्दैन
थारूहरूको आवाज सुनुवाइ हुनेछ
हलियाहरूको उद्दार हुनेछ


**
मुक्तिगामीहरूको लडाइँ
उत्कर्शमा पुग्यो
करोडौंको समर्थन जुट्यो
**
मुक्तिगामीहरूले
विजय प्राप्त गरे
नोकरशाहीलाई लखेटे
सत्ताच्यूत गरे
आफ्नो संविधान आफैं लेखे
**
रास्ट्र
धर्मनिरपेक्ष बनाय
गणतन्त्र संस्थागत गरे
संघीयता लागू गरे
समावेशीता कार्यान्वयन गरे


**
सवैतिर
खुसियाली थियो
प्रचुर हर्ष थियो
मनपरेको नेता चुन्न पाइने भयो
आम जनताको छोरो रास्ट्र प्रमुख भयो
देश एउटा लयमा विकसित हुँदै थियो


**
कुनै एक चुनाव पछि
सवैले पवित्र मानेको
नेतृत्व धुमिल भयो
उ काम गर्न छोडेको छ
मधेसीलाई हेप्न सुरू गरेको छ
महिलालाई हेप्न सुरू गरेको छ
आवाजहरूमा बन्देज लगाइरहेको छ
आलोचना सहन्न
**
समावेशी लोकतान्त्र ढाल्न खोज्दैछ
अब उ पनि तानाशाह बन्न खोज्दैछ
जोकहरू सुनाउँछ
जनतालाई गाली गरिरहन्छ
अनेकन घिनलाग्दा कामहरू सम्पादन गर्छ


**
कस्तो भने
एक गफाडी
एक गुन्डाराज
एक ब्यभिचारी
एक बज्रस्वाठ
एक बहुलम्पट
एक लफङ्गो


**
आज हाम्रो
आस्था मरेको छ
बिरोधहरू सुरू भएको छ
नेतृत्वको हर्कतले सिमा नाघेको छ
घिनलाग्दा चालहरू रचियका छन
उपलब्धिहरू गुम्ने खतरा छ


**
फेरी एकचोटि
मतएक्यता हुने मुक्तीगामीहरू
लड्नु पर्ने देखिन्छ
गुन्डाराजको अन्त्य गर्न
घमण्डको अन्त्य गर्न
दम्भको अन्त्य गर्न


**
हिजो
नोकरशाहीको विरूद्द लडेकाहरू
आज
जोकरको विरूद्द लड्नुपर्ने भो
ढोङ्गीको बिरूद्द लड्नुपर्ने भो
नक्कली नेतृत्वको बिरूद्द लड्नुपर्ने भो ।
जोकरको विरूद्द लड्नुपर्ने भो
**
२०७७/०१/१२ (विशाल ओली) प्रगतिशील लेखक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys