Erani Mahal
रैनादेवी छहरा गाउँपालिकाले बाँझो जमिनमा खेती गर्न अनुदान दिने
Raina

पाल्पा–कोरोना भाइरसको कारण खाद्यान्नको अभाव हुनसक्ने भन्दै रैनादेवी छहरा गाउँपालिकाले बर्षौ देखि बाँझो रहेको जमिनमा खेति गर्न किसानहरुलाई अनुदान दिने निर्णय गरेको छ ।


गाउँ कार्यपालिकाको बैठकले बाँझो खाद्यान्न, तरकारी र फलफूल खेति गर्ने किसानलाई प्रोत्साहन स्वरुप अनुदान दिने निर्णय गरेको हो ।


बाँझो जमिनमा कागती, सुन्तला र फलफूल रोपेमा प्रतिरोपनी दुई हजार रुपैयाँका दरले अनुदान दिने गाउँपालिकाले जनाएको छ ।


यस्तै बाँझो जमिनमा अन्नबाली र तरकारी खेति गरेमा पालिकाले प्रतिरोपनी तिन हजार रुपैयाँ दिने गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार कारोनाको कारण मानिसहरु गाउँ गाउँमा आएकाले समेत खेतीमा प्रोत्साहन गर्न गाउँपालिकाले अनुदानको नीति लिएको अध्यक्ष कार्कीले रानीमहललाई बताउनुभयो ।


पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा सुन्तला, तेजपात, अदुवा, कागती लगायको व्यवसायिक खेतीको प्रचुर संभावना रहेको प्रमुख प्रशासकीय अधिकृत खेतबहादुर खत्रीले रानीमहललाई बताउनुभयो । यि क्षेत्रमा समेत किसानको आर्कषण बढाउन सकेमा आयआर्जन सँगै आत्मनिर्भरतामा समेत अगाडि बढाउन सकिने खत्रीको भनाई छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७  ०७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update