X
20
Shares

कम्युनिष्ट विचार, शासनसत्ता संचालन सन्दर्भमा कोरोना : एक चर्चा (भाग-१)

रानीमहल संवाददाता || ११ बैशाख २०७७,बिहीबार १८:५८

–तुलाराम घर्ती मगर (वसन्त)

विषय प्रवेश : नेपाली सर्वहारा श्रमजीवि जनताको राजनिितक प्रतिनिधि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आज नेपाली जनताको विश्वास र सार्वभौम मत प्राप्त जनअनुमोदित जननिर्वाचित बलीयो बहुमतको संघीय गणतान्त्रीक सरकार संचालन गरिरहेको शक्तिशाली सत्तारुढ पार्टी हो । यसको अध्यक्ष स्वयं यो सरकारको सम्माननीय प्रधानमन्त्री छन् । नेपालको राजनीतिक ईतिहासमै यो पहिलो पटक करिब दुई तिहाई बहुमतको सरकार जो कम्युनिष्ट पार्टीको नेत्तृत्वमा चलिरहेको छ, जुन नेपाली कम्युनिष्ट आन्दोलनको पूँजी हो । यस अवसरमा कम्युनिष्ट विचार र शासन सत्ता संचालन संदर्भमा कोरोना महामारी व्यवस्थापन, यसका चुनौति र राजनैतिक र व्यवहारिक पहल कदमीबारे चर्चा गर्न सान्दर्भिक ठान्दछु ।

१ –सैद्धान्तिक र वैचारिक पक्ष

मानव समाजमा वर्ग हुन्छ, वर्गीय समाजमा वर्गीय विभेद हुन्छ । जहाँ विभेद हुन्छ त्यहाँ अन्तरविरोध हन्छ । जहाँ अन्तरविरोध हुन्छ, त्यहाँ अन्तरसंघर्ष र संघर्ष हुन्छ । जहाँँ संघर्ष हुन्छ, त्यहाँ एकता हुन्छ । एकता–संघर्ष–रुपान्तरणको भौतिकवादी द्वन्द्ववादी मान्यता हो यो । यो नियम पार्टी संगठन र शासन सत्तामा पनि लागु हुन्छ । जसलाई माक्र्सवादी द्वन्द्ववादी मान्यता भनिन्छ । हामी कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुले यो सैद्धान्तिक मान्यतालाई सहर्ष स्वीकार गरी जीवन व्यवहारमा आत्मसात गर्नुपर्दछ ।

हाम्रो देशको कम्युनिष्ट पार्टीमा संगठन संचालन सम्बन्धि स्कुलिङ त कहिले कसो भएको देखिन्छ तर सत्ता संचालन सम्बन्धि स्कुलिङ खासै भएको देखिदैन आज सम्म । जसको कारण जबजब कम्युनिष्ट पार्टी सत्तामा पुग्छ तबतब पार्टी भित्र मतभेद पैदा हुन्छ, पार्टी संगठन र शासन सत्ता (सरकार) बीच निरन्तर तनाव भैरहेको व्यवहारिक अनुभव हामी संग छ । कम्युनिष्ट पार्टी सडकमा हुँदा अनुशासित र ईमान्दार सत्तामा पुग्दा अराजक र बेईमान किन हुन्छन् !? यो गम्भीर प्रश्न हो । माक्र्सवादी राजनीतिक सिद्धान्तको आधारमा समाज जसरी वर्गीय हुन्छ शासन सत्ता पनि वर्गीय हुन्छ । शासन सत्तामा जुन वर्गको प्रतिनिधि जान्छ शासन सत्ता त्यहीं वर्गको हितमा हुन्छ । सर्वहारा श्रमजीवि जनताको राजनीतिक प्रतिनिधि पार्टी आज शासन सत्तामा भएको बेला शासन व्यवस्था पनि त्यहिं वर्गको हितमा संचालन गर्ने रणनीति सत्तारुढ कम्युनिष्ट पार्टीले तय गर्नु पर्दछ । 

१–१– सोभियत समाजवादी गणतन्त्र (१९०५–१९१७) माक्र्सवादी विचार दर्शन एवंं कम्युनिष्ट विचार दर्शनको शासन सत्तामा पहिलो व्यवहारिक प्रयोग सन १९१७ को अक्टोवर क्रान्ति एवं सोभियत समाजवादी क्रान्ति सफल पश्चात लेनिनले गर्नुभयो । लेनिनको पहिलो सत्ता संचालन अभ्याससंगै सर्वहारा श्रमजीवि जनताले सत्ता प्राप्त गर्नु ठूलो कुरा होईन मुख्य प्रश्न प्राप्त सत्ताको संरक्षण हो भन्ने सिद्धान्तको प्रतिपादन भयो । यसको लागि सत्ता कसरी संरक्षण गर्ने !? यसको समाधान एवं उपाय महान नेता लेनिनले खोज अनुसन्धान गर्नेक्रममा सर्वहारा अधिनायकत्व एक मात्र अचुक हतियार भएको पत्ता लगाउनु भयो । यसको लागि वर्गीय दृष्टिकोण र वर्गीय आचरणको आधारमा वर्गीय पक्षधरता पहिलो शर्त रहने विश्वसर्वहारा वर्गका महान नेता भिआइ लेनिनले स्पष्ट पार्नुभयो । महान लेनिन साम्रज्यवादी उपनिवेशको कारण उत्पीडन र विभेदको भुमरीमा परेका सबै राष्ट्रिय राज्यहरुलाई साम्राज्यवादी उत्पीडनबाट मुक्त गरी उनीहरुलाई माक्र्सवादी विचार सिद्धान्त आत्मनिर्णयको अधिकारको आधारमा आवश्यक पर्दा अलग हुन पाउने स्वतन्त्रताको राजनीतिक अधिकार सहित ११ वटा अलग राष्ट्रहरु आफ्नो राष्ट्रको सुरक्षा र बजार विस्तारको सुविधा समेत रहनेगरी उनीहरुलाई पनि सोभियत समाजवादी गणतन्त्रमा सहभागी गराउन सफल हुनु भयो र १५ वटा गणराज्य सहित २०औं शताब्दीकै पहिलो सर्वहारावर्गको सर्वहारावर्गीय राज्य सत्ता स्थापना गरी विशवका सर्वहारा श्रमजीवि जनताको वैचारिक र राजनीतिक मनोवल उठाउने काम गर्नुभयो । यसै वैचारिक र राजनीतिक संरचना र संगठनको तागतमा १९३९–१९४५ को देोश्रो विश्वयुद्धमा सोभियत सरकार, लालसेना र देशभक्त जनताले हिटलरको नाजीवादी फासीवादी विश्व विजेता फौंजलाई धुलोपिठो पारेर विश्मै महाशक्ति समाजवादी राष्ट्रको रुपमा महान स्तालीनले स्थापित गर्न सफल हुनुभयो । यसको मुख्य तागत क्रान्तिकारी कम्युनिष्ट विचार, देशभक्तिपुर्ण भावना र फलामे अनुशासन सक्षम साहसी सोभियत लालसेना र डाइनामिक नेत्तृत्व नै थियो ।   

१–२– सर्वहारा क्रान्तिका विश्वव्यापीकरण ः सर्वहारा वर्गको राज्यसत्ता विश्वमा सफलता पुर्वक प्राप्ती एवं सफल क्रान्ति पश्चात वर्गीय सत्ता प्राप्त गर्ने मुलुकहरुमा सोभियत संघ, जनवादी गणतन्त्र चीन, भियतनाम, क्युवा, उत्तर कोरियामा समाजवादी, जनवादी र राष्ट्रिय क्रान्ति सम्पन्न गरी सत्ताको आमुल परिवर्तन गरेका थिए । सोभियत समाजवादी व्यवस्थाको विश्वव्यापी प्रभावका कारण युगोस्लाभिया र चेकोस्लोभाकिया जस्ता पश्चिम एशियाका शक्तिशाली मुलुकहरु साम्राज्यवादी उपनिवेश र उत्पीडनको विरुद्ध समाजवादी बाटोमा अगाडि बढे । यो सफलता सोभियत शासन प्रणालीमा कम्युनिष्ट विचार दर्शनको सफलता नै मानिन्छ ।

१–३– जनवादी गणतन्त्र चीन (१९२१–१९४९)  चिनीयाँ जनवादी क्रान्ति सफल पश्चात आज विश्व समाजवादी धाराको मुख्य नेत्तृत्व एवं एकध्रुवीय विश्वको सुपर पावर अमेरिकी साम्राज्यवादको विकल्प बहुध्रुवीय विश्वको सुपर पावर चिनीयाँ समाजवाद । चिनीयाँ कम्युनिष्ट पार्टीका महासचिव नै त्यहाँको राष्ट्रपति हुन्छन् । विश्व सर्वहाराका महान नेता कमरेड माओत्सेतुङको राजनीतिक आमुल परिवर्तनको जगमा दङस्याओ पिङको आर्थिक सुधारको विकाससंगै आज शक्तिशाली राष्ट्रपति सि जिनपीङको सि विचारधारामा वैचारिक, राजनीतिक र सामरिक संश्लेषण गरी चिनीयाँ विशेषता सहितको समाजवादको बाटोमा चीनलाई अगाडि बढाउँदै छन् । आज चीन विश्वको एक मात्र समाजवादी मुलुक बन्दैछ । यसको मुख्य कारण कम्युनिष्ट पार्टीको लौह अनुशासन, अनुशासित जनमुक्ति सेना र बफादार निजामति कर्मचारी तन्त्र । यसको साथै देश र जनता प्रति पुर्ण जिम्मेवार र दायित्वबोधका साथ काम गर्ने चिनीयाँ कम्युनिष्ट पार्टीका ईमान्दार र स्वाभिमानी नेता–कार्यकर्ताहरु । कोरोना महामारी व्यवस्थापनमा त चीन आज वल्र्ड मोडल नै बन्दैछ ।

१–४– उत्तर कोरिया १९४५–१९७५ विश्व सर्वहारावर्ग र राष्ट्रिय मुक्ति आन्दोलनका महान नेता किम इल शुङको कोरिया विचार सहितको समाजवादी विचारको आधारमा आज विश्व साम्राज्यवादको विरुद्ध फलामे किल्लाको रुपमा खडा भएको उत्तरकोरिया जो किम जोङ उनको नेत्तृत्वमा अमेरिकी साम्राज्यवाद मात्र नभै विश्व पूँजीवादकै आँखाको कसिंगर बनेर कम्युनिष्ट विचार दर्शनको साहसिक प्रयोग गरिरहेको छ । उत्तरकोरियाको मुख्य वैचारिक आधार जुछे विचारधारामा आधारित कम्युनिष्ट विचार दर्शन पार्टी संगठन र शासन सत्तामा यसको सफल प्रयोग । जहाँ अनुशासित ईमान्दार र स्वाभिमानी पार्टी नेता र कार्यकर्ता छन् । शासन सत्तामा देश र जनता प्रति बफादार निजामति कर्मचारीको सत्ताप्रति ईमानदारिता र बफादारिता छ, शक्तिशाली जनमुक्ति सेनाको लाल दफ्फा छ, त्यसैले चीन सफल हुँदैछ ।

१–५– समाजवादी गणतन्त्र क्युवा (१९५६–१९५९)  क्युबाली क्रान्तिका महान नेता विश्वसर्वहारा वर्गीय श्रमजीवि वर्ग र भियतनामी जनताका प्यारा नेता फिडेल क्यास्त्रो र चे ग्वेभाराको देशभक्तिपुर्ण र क्रान्तिकारी विचार र राजनीतिक फौंजी कुशल नेत्तृत्वमा अमेरिकी साम्रज्यवादको दलाल वटिष्टा सरकार  ३ वर्ष टिक्न सकेन । युवा वकिल फिडेल क्यास्त्रोको नेत्तृत्वमा ८२ जना क्रान्तिकारीहरुबाट शुरु भएको स्वाधिनता र स्वतन्त्रताको लडाईमा अमेरिकी दलाल वटिष्टा सरकार क्युवाली जनता सामु आत्मसमर्पण गर्न बाध्य भयो । कम्युनिष्ट विचार र राजनीतिको विरासत नेता कार्यकर्ता र क्युवाली जनताको माझ स्थापित भएको छ । अमेरिकी साम्राज्यवाद विरुद्ध विश्वचर्चित क्रान्तिकारी छापामार युद्ध र देशभक्तिपुर्णःःराष्ट्रिय मुक्तियुद्धका साथै अन्तराष्ट्रिय सर्वहारावादको नायक विश्व समाजवादी नेता चे ग्वेभाराको कम्युनिष्ट आदर्श नैतिक मुल्य र मान्यता सहितको त्याग र समर्पणको अद्धितीय किर्तीमान क्युवाली क्रान्तिको ईतिहासबाट आजका कम्युनिष्टहरु सबैले पाठ सिक्नुपर्छ ।

१–६– जनवादी गणतन्त्र भियतनाम (१९३०–१९७५) भियतनामी जनताको देशभक्तिपुर्ण विचार र भावनालाई उच्च सम्मान गर्दै स्वतन्त्र र स्वाधिन भियतनामका लागि विश्वसर्वहारा वर्गका महान नेता हो चि मिन्हको कुशल वैचारिक राजनीतिक र फौंजी नेत्तृत्वमा अमेरिकी साम्राज्यवाद विरुद्धको सन १९३०–१९७५ सम्म चार वटा साम्राज्यवादी शक्तिहरु फ्रान्स, जापान, बृटिश र अमेरिकी साम्रज्यवादका विरुद्ध ४५ वर्ष लामो राष्ट्रिय मुक्तियुद्धका विश्वचर्चीत वीरता र बलीदानको ईतिहास आज विश्व श्रमजीवि जनताका लागि प्रेरणाको स्रोत बनिरहेको छ । साडा जीवन उच्च विचारलाई दुनियाका वुर्जुवाहरुले समेत प्रसंशा गरिरहेका छन् । कम्युनिष्ट नैतिकता र चरित्र बारे महान नेता हो चि मिन्हको विचार आज पनि विश्व कम्युनिष्ट आन्दोलनको लागि वैचारिक प्रेरणाको स्रोत बनिरहेको छ । मुख्य प्रश्न आफ्नो देश र जनताको लागि त्याग, समर्पण, बलीदान र उच्च आदर्श भियतनामी कम्युनिष्ट पार्टीका अमुल्य सम्पत्ती विश्व श्रमजीवि जनताको मुक्ति र स्वतन्त्रताको लागि प्रेरणाका स्रोत हुन ।

१–७– संघीय गणतन्त्र नेपाल –(विसं २००६–२०७६)

दोश्रो विश्वयुद्धको अन्त्यको लगत्तै विशौं शताब्दीको ५० को दशकमा चिनीयाँ जनवादी क्रान्ति शानदार सम्पन्न भैरहेको समकालीन समयको जबरजस्त प्रभाव नेपाल र भारतमा पनि प¥यो । भारतको वनारसमा अध्ययनको क्रममा गएका तत्कालीन नेपाली युवा विद्यार्थीहरुमा यसको परेको गहिरो प्रभाव संगै सन १९४९ मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरियो । संस्थापक व्यक्तित्वहरुमा पुष्पलाल श्रेष्ठ, नर बहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य र नारायण विलाश जोशी गरी चार जना हुनुहुन्छ । यसमा महिला प्रतिनिधित्वको रुपमा मैतीदेवी श्रेष्ठ पनि हुन भन्ने तर्कहरु पनि आएका छन् तथ्य पुष्टी भएमा संस्थापक ४ बाट ५ जना हुन सक्छ ।   । पार्टीको नाम ः नेपाल कम्युनिष्ट पार्टी राखियो भने महासचिवमा पुष्पलाल श्रेष्ठ नै रहनु भयो । पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओ विचारधारा र राजनीतिक कार्यदिशा नयाँ जनवादी क्रान्ति सम्पन्न गरी नयाँ जनवादी गणतन्त्र नेपाल स्थापना गर्ने थियो ।

नेपाली समाजको बनोट र विशेषताको आधारमा नेपाली कम्युनिष्ट आन्दोलनको स्वरुप निर्धारण हुन्छ । यसै पनि माक्र्सवाद गतिशील समाज विज्ञान भएकोले वर्गसंघर्षको स्वरुप र गतिलाई देश काल र परिस्थिति अनुसार फरक फरक ढंगले संचालन गर्न सकिन्छ । नेपाल कुनै पनि पनि साम्राज्यवादी शक्तिबाट प्रत्यक्ष उपनिवेश मुलुक नभएकोले यहाँ साम्राज्यवाद विरोधी राष्ट्रिय मुक्तियुद्धको स्वरुप वर्गसंघर्ष खासै दिन आवश्यक देखिएन । नेपाली समाज विकासको चरण पश्चिमा मुलुकहरु जस्तो पूँजीवादमा प्रवेश गरी पूँजीवादी समाजको चरण नभएकोले समाजवादी क्रान्तिको मोडल मजदुर वर्गलाई संगठीत गरेर मजदुर विद्रोह एवं अल्पकालीन सशस्त्र विद्रोह पनि यहाँ खासै व्यवहारिक देखिएन । नेपाली समाज विकासको चरण सामन्तवादी नै थियो २००६–२०४६ सम्म ————

बाँकी अर्काे भागमा क्रमश:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys