Erani Mahal
तिनाउँमा कोरोना रोकथाम तथा राहत वितरण सम्बन्धमा अनुगमन
any

पाल्पा - तिनाउँ गाउँपालिका पाल्पामा कोरोना भाइरस रोकथाम तथा राहत वितरणका सम्बन्धमा जिल्ला स्तरीय अनुगमन भएको छ । जिल्ला समन्वय समितिको समन्वयमा भएको अनुगमनमा प्रदेश सभा सदस्य तुलाराम घर्ती, जिल्ला समन्वय प्रमुख मिरा मरासनी, जिल्ला समन्वय अधिकारी लेखनाथ ज्ञवाली, जिल्ला समन्वय समितिका सदस्य इन्द्रा चिदी, पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार आर्याल लगायतको सहभागिता रहेको थियो ।


कोरोना भाइरस रोकथाम र राहत वितरणका सम्बन्धमा गाउँपालिकाले वडा स्तरमा समन्वय समितिहरु ग्ठन गरेको, सबैदलको सहमतिमा राहत वितरण प्रभावकारी ढंगले संचालन गरेको, चैत १ गतेपछि विदेशबाट आएका व्यक्तिहरुको निगरानी र स्वास्थ्य परीक्षण लगाएका कामहरु पालिकाले गरेको अनुगमनका क्रममा गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले जानकारी दिनुभयो ।


उहाँले गाउँका सबैवडामा पहिलो चरणमा २८ लाख ६३ हजार बराबरको राहत विरण गरिएको, १० बेडको क्वारेन्टाइन स्थलको निर्माण गरी ४ जनालाई क्वारेन्टाइनमा राखिएको समेत घर्तीले बताउनुभयो ।
उहाँले गाउँका महिला स्वयम्सेवीका, रेडक्रस, वडा अध्यक्ष, वडा सदस्य लगायतको समन्वयमा आपतकालिन स्वयम्सेवक गठन गरी तयारी अवस्थामा राखिएको बताउनुभयो । यस्तै दोभान प्रहरी चौकीको समन्वयमा दैनिक जिल्ला भित्रनेलाई हेल्पडेक्स मार्फत स्वास्थ्य परीक्षण समेत गरेको बताउनुभयो ।


अनुगमनका क्रममा तिनाउँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारी, स्वास्थ्य शाखा प्रमुख कृष्ण कार्की, वडा अध्यक्ष रोम लम्तरी, राजेश श्रेष्ठ, प्रेम पाण्डे लगायतको उपस्थिति रहेको थियो । अनुगमनको क्रममा मापदण्ड अनुसारको क्वारेन्टाइन र अत्यावश्यक व्यवस्थापन राम्रो रहेको पाइएको जिल्ला समन्वय समितिका प्रमुख मिरा मरासीनिले बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update