Erani Mahal
निस्दी गाउँपालिकाकाे क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ४३ जना पुग्याे
94355468_323966371916000_4531763106614870016_n

पाल्पा - निस्दी गाउँपालिका पाल्पामा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ४३ जना पुगेको छ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाई कम गर्ने उद्देश्यले तयार गरिएको क्वारेन्टाइनमा निस्दी गाउँपालिकामा उक्त सङ्ख्या पुगेको हो ।

यसअघि जनप्रिय मावि निस्दी-७,ज्यामिरेमा १२ जना,गौरीशंकर मावि निस्दी-४,मित्यालमा ६ जना राखिएको थियो भने गल्धाको सरस्वती माविमा सबैभन्दा धेरै २० जना राखिएको थियो ।

यसैबीच बैशाख ११ गते गोरखनाथ माध्यमिक विद्यालय अर्चलेमा ५ जना थप राखिए पछि क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ४३ पुगेको हो । काठमाडौमा दैनिक ज्यालामा काम गर्दै आउनुभएका सिसिङ्गाका बैशाख १० गते राती नवलपरासीको अरुणखोला हुँदै घर आईपुगेको हो ।

त्यसैगरी पनि गाउँ आईपुगेको चिदियाका २४ वर्षीय आस बहादुर बयम्बु,२६ वर्षीय सारम्श बयम्बु र सिमलडाँडाका २९ वर्षीय प्रताप सोमै रहेको गाउँपालिका प्रवक्ता मेख बहादुर सुनारीले बताउनुभएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update