Erani Mahal
पाल्पामा कोरोना अस्पताल बनाउन पाल्पाली सांसदको पहल
samsad

पाल्पा- विश्वभर फैलिएको कोरोना संक्रमणबाट जिल्ला बासीलाई जोगाउन जिल्लामै कोरोना उपचार अस्पताल बनाउन पाल्पाका सांसदहरुले पहल गरेका छन् ।


जिल्लाा दुई संघीय सांसदहरु दलबहादुर राना र सोमप्रसाद पाण्डेले पाल्पा जिल्लामा कोरोना अस्पताल निर्माणका लागि केन्द्रमा सरकारसँग पहल थाल्नुभएको छ ।

दुवै सांसदहरुले कोरोना रोग नियन्त्रण उच्च स्तरीय समितिका संयोजक तथा उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव लगायतका अधिकारीहरुलाई भेटेर लिखित तथा मौखिकरुपमा ध्यानाकर्षण गराउनुभएको हो ।

सीमावर्ती भारतको नजिककै रहेको हुँदा पाल्पामा उच्च जोखिम रहेको र पहाडी इलाका भएकाले पाल्पामा कोरोना अस्पताल संचालनमा ल्याउनुपर्ने पाल्पा क्षेत्र नं. १ का सांसद दलबहादुर रानाले रानीमहलाई बताउनुभयो । उहाँले सरकारलाइ अब कसरी काम गर्ने र जिल्ला जिल्लामा के गर्ने भन्ने बारेमा समेत सुझाव दिएको बताउनुभयो ।

रानाले ५ बुँदे सुजाव दिदै काेराेनाकाे स्थिति थप जटिल हुँदै गएकोले सीमा क्षेत्रमा बिषेश ध्यान दिने,आन्तरिक बन्दाबन्दी कायम राख्ने, तत्काललाई सडकमा पैदल यात्रा गर्ने, बाटोमा अलपत्र परेका समुदायलाई खान बस्नको ब्यबस्था गर्दै घर पुर्याउने, राहत सामाग्री स्थानीय प्रशासन र सुरक्षा निकायको सहयोगमा स्थानीय तहका जनप्रतिनिधिहरु बाटै वितरण गर्ने सांसद तथा पार्टी प्रतिनिधिहरुले अनुगमन,समन्वय र आबश्यक सहजीकरण गर्न सुझाव दिनुभएकाे छ ।

यस्तै बजेटको सम्बन्धमा स्थानीय तहमा राहत सहयोग बापत जम्मा भएको र प्रदेश तथा केन्द्रीय सरकारले समानिकरण शिर्षकमा पठाएको रकम रकमान्तर गरेर बितरण गर्न निर्देशन दिइसकेको छ। खर्चको स्थिति हेरेर केन्द्र संग आबश्यक समन्वय गर्ने, RDT र PCR test को दायरा फराकिलो बनाउदै तिब्र गतिमा जाँच गर्ने, केन्द्रले जाँचको प्रगति र रोग संक्रमणको स्थिति अनुसार थप निर्णय र निर्देशन गर्ने सुझाव दिएकाे रानीमहललाइ बताउनुभयाे ।


यस्तै पाल्पा क्षेत्र नं. २ का सांसद तथा पूर्व उद्योगमन्त्री सोम प्रसाद पाण्डेले समेत पाल्पामा कारोना उपचारको लागि अस्पताल आवश्यक रहेको र त्यसको लागि आवश्यक व्यवस्थापनको लागि सरकारका मन्त्री तथा तालुक मन्त्रालयमा पहल थालिएको बताउनुभयो । उहाँले सरकारले यसबारेमा अध्ययन गरेर छिट्टै नै निर्णय गर्ने विश्वास व्यक्त गर्नुभयो ।


पाल्पामा सरकारी तबरमा कोरोना रोग नियन्त्रण अस्पताल भएमा पाल्पा गुल्मी, स्यांजा, अर्घाखाँची, बाग्लुंग लगायतका जिल्लाका विरामीहरुको उपचारमा समेत सहजता आउने सांसद पाण्डेले बताउनुभयो ।

कोरोना संक्रमण, रोकथाम र उपचारका लागि पाल्पाको जिल्लास्तरीय समिति र नेपाल सरकार स्वास्थ्य मन्त्रालयसँग निरन्तर छलफल र सम्पर्कमा रहेकाे सांसद पाण्डेले रानीमहललाइ बताउनुभयाे । उहाँले स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र स्वास्थ्य सचिव यादव कोइरालासँग भेट गरी पाल्पा अस्पताललाई कोरोना अस्पतालका रूपमा निर्माण गर्न अनुरोध गरेकाे बताउनुभयाे । यस खलकाे अस्पताल निर्माण भएमा अाशा छ, जोखिम न्यून गर्ने वातावरण बन्नेछ पाण्डेयले भन्नुभयाे ।


यस्तै पाल्पाका प्रदेश सभा सदस्यहरु नारायण प्रसाद आचार्य, तुलाराम घर्तीले समेत प्रदेश सरकारलाई जिल्लामा अस्पतालको व्यवस्थापन र प्रर्याप्त मात्रामा सुरक्षात्मक उपकरण, किट, पिपिइ, माक्स, सेनेटाइजर लगायतका सामग्री उपलव्ध गराउन पहल गर्नुभएको छ ।

उहाँहरुले मुख्यमन्त्री शंकर पोखरेल, सामाजिक विकास मन्त्री सुर्दशन बराल, कानून मन्त्री कुलप्रसाद केसी लगायतलाई भेटेर कुनै पनि अवस्थामा स्वास्थ्य उपचारको सामग्री र बजेज अभाव हुन नदिन ध्यानाकर्षण गराउनुभएको छ ।

पाल्पाका सांसदहरुले लकडाउनको समया समेत जनताहरुसँग परामर्श गरी आवश्यक सुरक्षात्मक उपाय र सावधानीका बारेमा जानकारी लिनुभएको हो ।

सांसदहरुले राहत वितरणमा एकरुपता दिन, मापदण्ड अनुसार राहत प्रदान गर्न तथा राहत वितरणको प्रभावकारी रुपमा अनुगमन समेत गर्ने रानीमहलसँगको कुराकानीमा बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७  ०८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update