Erani Mahal
माथागढीकाे काेराेना राहत काेषमा प्याब्सन पाल्पाद्वारा सहयाेग
1587556838matahgadi-1

पाल्पा - माथागढी गाउँपालिकाकाे कोरोना राहत कोषमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन पाल्पाले २० हजार रूपियाँ सहयोग गरेको छ । प्याब्सन पाल्पाका सहसचिव अशेष भट्टराई र सदस्य पूर्णबहादुर थापाले गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराई र प्रमुख प्रशासकीय अधिकृत राजु नेपाललाई उक्त रकम हस्तान्तरण गर्नुभयाे ।

रकम हस्तान्तरण गर्नुहुँदै सह–सचिव भट्टराईले विश्वमा महामारीको रूपमा फैलिरहेको नोबल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि स्थानीय तहहरुले स्थापना गरेका राहत कोषमा केही सहयोग होस् भन्ने उद्देश्यले रकम सहयोग गरेकाे बताउनुभयाे । रकमकाे चेक ग्रहण गर्नुहुँदै गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले विपद्को बेला प्याब्सनले देखाएको सहयोग र सद्भावप्रति धन्यवाद दिनुभयाे ।

प्याब्सनले यो सँगै जिल्लाका २ नगरपालिका र ५ वटा गाउँपालिकाको राहत कोषमा सहयोग गरिसकेको छ । तानसेन नगरपालिकाका, रामपुर नगरपालिका, बगनासकाली गाउँपालिका,रिब्दीकोट गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, रम्भा गाउँपालिकाहरुले स्थापना गरेका राहत कोषमा रकम जम्मा गरेको प्याब्सनका कोषाध्यक्ष गंगाबहादुर खत्रीले जानकारी दिनुभएकाे छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०७७  २०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update