Erani Mahal
पाल्पामा लकडाउन उल्लंघन गर्दै बैंकमा भीड ‌
bank-b

पाल्पा, जिल्ला सदरमुकाम तानसेनमा रहेको कृषि विकास बैंकले लकडाउनको उलंघन गर्दै बैंकमा सयौं सेवाग्राहीलाई भीडभाड गरेको छ ।


बैंकले लकडाउनको समयमा तानसेन नगरपालिकाले प्रदान गर्दै आइरहको सामाजिक सुरक्षा भत्ता घरघरमै पुगेर दिनुपर्नेमा बैंकमा उपभोक्तालाई जम्मा गर्दा भीड लागेको थियो ।


सयौं वृद्धबृद्धाहरु घण्टौंसम्म लाइनमा लाग्नुपर्दा लकडाउनको सामाजिक दुरीको नियम समेत मिचिएको छ । तानसेनको बैंकका कर्मचारी र वडा कार्यालयले एक आपसमा समन्वयमा घरदैलो सेवा दिन नसकेको सेवाग्राहीले गुनासो गरेका छन् ।

तानसेन नगरपालिकाको वडा ११ ले भने घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरउण गरेको थियो यस्तै अन्यपालिकाले पनि घरघरमै पुगेर भत्ता वितरण गरेको भएता पनि तानसेनका वडा नं. २,३,४,५,६ लगायतका उपभोक्ताहरु बैंकमा सामाजिक सुरक्षा भत्ता लिनको लागि बैंकमा भिड लागेका थिए ।

बैंकले सेवाग्राहीलाई वडा तोकेर बोलाएको भएपनि भीड नियन्त्रण हुने स्थानीयहरुको भनाई रहेको छ ।
यस सम्बन्धमा तानसेन नगरपालिकाका प्रवक्ता दामोदर घिमिरेले बैंकले वडासँग समन्वयमा एकजना कर्मचारी खटाएको भए घरघरमै सेवा दिन सकिने बताउनुभयो । उहाँले बैंकले त्यसो नगर्दा आमसर्वसाधारणले कष्ट भोग्नु परेको बताउनुभयो । त्यस सम्बन्धमा बैंकका कर्मचारीहरुसँग छलफल गरेर निकास निकाल्न नगरपालिका तयार रहेको बताउनुभयो ।

बैंकले भने बैंकको खातामा जम्मा हुने पैसा उपभोक्ताले जहिले पनि निकाल्न सक्ने भएपनि निश्चित समयमै बैंकमा आउँदा भीड हुनु स्वभाविक भएको जनाएको छ । त्यसको लागि उपभोक्तामा आवश्यक जनचेतनाफैलाउनुपर्ने आवश्यकता रहेको छ ।

लकडाउनको समयमा बैंक तथा वित्तिय संस्थाहरु नियमित खुल्ने भनेता पनि पाल्पामा भने केही बैंकहरु सीमित समयमा खुल्ने र केही बैंकहरु नखुल्ने गर्दा उपभोक्ताहरुलाई समस्या हुने गरेको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु मर्हजनले बताउनुभयो त्यसको लागि स्थानीय प्रशासनले समन्वय गर्नुपर्ने उहाँले जनाउनुभयो ।

पाल्पामा बैंकहरुले सामाजिक दुरी कायम गराउन नसक्दा काेभिडकाे संक्रमण समेत फैलिन डर बढेकाे छ यस्तै दैनिक विहान साँज लखरलखर हिड्नेहरुकाे समेत तानसेनमा भींड बढ्दै गएकाे छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०७७  २०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update