Erani Mahal
चिदीपानीकाे माथागढी सहकारीद्वारा सुपथ मूल्यकाे तरकारी वितरण
ड्डबःब-

पाल्पा, कोरोना भाइरसको लकडाउनको कारण किसानको उत्पादन बारीमै कुहिन थालेपछि जिल्लाका विभिन्न संघ संस्थाले सहुलियत दरमा बजारीकरण गरिरहेका छन् ।


माथागढी बहुउद्देश्यीय सहकारी संस्था लि चिदीपानी पाल्पाले माथागढी क्षेत्रका किसानले उत्पादन गरेका कृषि उपजहरु ढुवानी निशुल्क सुबिधा सहित बुधवार जिल्ला सदरमुकाम तानसे र आसपासको क्षेत्रमा विक्री गरेको छ ।

सहकारीले पहिलो पटक चिदीपानी रुप्से कसेनी क्षेत्रमा उत्पादन भएको भक्तपुरे लोकल काँक्रा ६० रुपैया, खिरा काक्रा २० र बन्दा प्रती केजी १० का दरले बिक्री वितरण गरीएको संस्थाका अध्यक्ष राजकुमार पन्थीले रानीमहलालाई बताउनुभयो ।

जटिल अवस्थामा पनि किसानलाई प्रोत्साहन गर्न माथागढी गाउपालिकाले पनि आवश्यक सहयोग गर्ने अपेक्षा पन्थीको छ । लकडाउनको कारण किसानका उत्पादन खेत बारिमै सड्ने र लगानी डुब्ने अवस्थामा सहकारीको यो कदमले उत्साहित बनाएको रुप्सेका अगुवा किसान दामोदर घर्तीले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र पाल्पा र माथागढी सहकारीको सहजीकरणमा कृषि एम्बुलेन्सको प्रयोग द्वारा यो काम गरिएको हो । तीन दिनको फरकमा अब शनिवार १३ गते तानसेनको बाँसटारी, प्रभास, बर्तुङ, बसपार्क, ट्क्सार, सितलपार्टी, मेहलधारा र कारागार क्षेत्रका उपभोक्ताहरुको घरघरमा बितरण गरिने सदस्य खेमान सिङ सारुले बताउनुभयो ।

सहकारीले शनिवार भक्तपुरे काँक्रा टमाटर, काफल, कोइरालो, सिब्लिगान, बन्दा, टमाटर लगायतका सामग्रीहरु ल्याउने तयारी गरेको छ ।
ज्यामिरे, सिकारकोट, देउगीर, सपाङ्दी, बक्सादी, क्षेत्रका काफल बेचेर चामल किन्ने किसानका भावना समेत सम्बोधन गर्न लागिएको सहकारीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०७७  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update