Erani Mahal
अमेरिका र बेलायतका नेपालीद्वारा रामपुरका अपाङ्गता भएका व्यक्तिलाइ सहयोग
maa

पाल्पा- बन्दाबन्दीका कारण प्रभावित रामपुर नगरपालिका भित्रका ७ जना फरक क्षमताका व्यक्तिहरुलाई अमेरिका र बेलायत हुने नेपालीहरुले सहयोग गरेका छन् ।

अमेरिका र बेलायतमा रहेका नेपालीहरुको सस्था टिम मायावि नामक संस्थाले रामपुरका फरक क्षमता भएका परिवारलाई खाद्यान्न सहयोग गरेको हो । कालीगण्डकी उद्यमी युवा समाज रामपुर संगको सहकार्यमा उनीहरुको घरमै पुगेर खाद्यान्न सामाग्री सहयोग गरिएको समाजका सचिव दिपेन्द्र प्रसाद भट्टराईले बताउनुभयो । लकडाउनले विपन्न परिवारका अपाङ्गता भएका व्यक्तिहरु थप प्रभावित नहोउन् भन्दै उनीहरुलाई सहयोग हस्तान्तरण गरेका हुन् ।

रामपुर नगरपालिका वडा नं. ५ का ६ जना र वडा नं. १ का १ जनालाई प्रति व्यक्ति ६० केजी चामल, २/२ केजी दाल, नुन, चना, साढे १ लिटर तेल र २ वटा साबुन वितरण गरेको हो । राहत वितरण कार्यमा रामपुर ५ का वडा अध्यक्ष हिमाल मल्ल सहित वडा सदस्यहरु तथा सरोकारवाला सस्थाका व्यक्तिहरुको रहोबरमा सहयोग हस्तान्तरण गरिएको हो ।

टिम मायावि संस्थाका संयोजक विराज भट्टराईका अनुसार लकडाउनको समयमा अपाङ्गता भएका व्यक्तिका संरक्षकहरु काम विहिन बनिरहेको अवस्थामा सो परिवारमा थप दयनिय अबस्था सिर्जना बन्न सक्ने भएकाले खाद्यान्नका लागि ५० हजार बराबरको सहयोग गरेको जानकारी दिनुभयो ।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०७७  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update