Erani Mahal
कोरोना विरुद्ध सचेत रहन पाल्पा कांग्रेसको अपिल
ccc

पाल्पा– नेपाली कांग्रेस पाल्पाले संसारभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले महामारीको रुप लिँदै त्रासको वातावरण सिर्जना हुँदै गएको वर्तमान परिस्थितिमा आमनागरिकहरुको स्वास्थ्यप्रति सचेत रहँदै सुरक्षित रहन सबै पाल्पालीलाई आग्रह गरेको छ ।


पार्टी सभापतितथाप्रदेश नम्बर ५ का प्रदेश सभा सदस्यबीरबहादुर रानाले शनिबार विज्ञप्ति जारी गर्दै पाल्पा जिल्लाका सबैतहगत संरचनामा रहेका नेतृत्वलाई यथा समयमाआवश्यक राहत सामाग्री उपलब्ध गराउनआग्रहगर्नुभएको छ ।


उहाँले विज्ञप्तिमा भन्नुभएको छ, ‘राहतवितरणका सन्र्दभमा केही स्थानमा गुनासो समेत आएकोले त्यसलाई सुधार गर्न आग्रहगर्दै लकडाउनका समयमा दैनिक ज्यालादारी मजदुरी गरेर जीवननिर्वाह गर्ने मजदुर र श्रमजीवि वर्गलाई ठूलो मार परेको हुँदा पीडितलाई तत्काल राहतको व्यवस्थामिलाउन सरकारको ध्यानाकर्षण गर्दछौं ।’

विज्ञप्तिमा सभापति रानाले आवश्यक राहतको अभावमाखान र बस्न समस्या झेलेका मजदुर र न्यून आयस्रोतका कारण भोकमरी समस्यामा परेका, कतिपय हिंडेरै घर तर्फ जाने क्रममा बाटोमै अलपत्र परेका, कार्यक्षेत्रमै कष्टकर जीवन बिताउन बाध्य उनीहरुकालागि गन्तव्यसम्म पु¥याउने व्यवस्था मिलाउन जोडदार मागगर्नु भएको छ ।


विज्ञप्तिमा भनिएको छ, ‘यस विषंम परिस्थितिमाअझउच्चमनोवलका साथकार्यक्षेत्रमालाग्न र उच्च सुरक्षाप्रवन्धमिलाउन गरिएका परिक्षणलाई थप तीव्रता दिनएवं औषधी उपचारको राम्रो प्रवन्धमिलाउनहार्दिक अपिलगर्दछौं ।’

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update