Erani Mahal
तानसेन नगरपालिकाद्वारा सहुलियत दरमा खाध्यान्न उपलव्ध गराउने
notice

पाल्पा– तानसेन नगरपालिकाद्वारा कोरोना भाइरस विरुद्ध जारी लकडाउनले समस्यामा परेका नगरवासीहरुलाई सहुलियत दरमा खाध्यान्न उपलव्ध गराउने भएको छ ।


तानसेन नगरपालिकाले एक सूचना जारी गर्दै कोभिड–१९ को समस्याले गर्दा खाध्यान्न उपलव्ध गराउन परिवार संख्याको आधारमा सहुलियत दरमा खाध्यान्न उपलव्ध गराइने निर्णय भएकोले नगरवासीलाई सम्बन्धित वडा कार्यालयहरुमा सम्पर्क गर्न अनुरोध गरिएको नगरप्रमुख अशोक कुमार शाहीले जानकारी दिनुभयो ।
बुधवार भित्र सम्बन्धित वडा कार्यालयमा आफ्नो परिचयपत्र, लालपूर्जा र आवश्यक रकम सहित निवेदन दिन सकिने बताउनुभयो ।


नगरपालिकाले नगरका नागरिकलाई ४ जना सम्म परिवार संख्या भएको परिवालाई २५ केजि चामल, १० केजी आटा, १ केजी नुन वितरण गर्ने छ यस्तै ४ जना भन्दा माथि परिवार सदस्य भएका परिवारलाई ५० केजि चामल, २० केजी आटा, १ केजी नुन सहुलियत मुल्यमा उपलव्ध गराउने प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेल्वासेले जानकारी दिनुभयो ।

उहाँका अनुसार चामल प्रतिकेजी ४५, आटा प्रति वोरा (५ केजी) २ सय र नुन प्रतिकिलो १७ रुपैंयामा उलव्ध गराइने छ ।
नगरपालिकाले चारजना सम्म परिवार भएका नागरिकले चामल र आटा मध्ये कुनै एक चिज र ४ जना भन्दा बढी हुनेले उल्लेखित परिणाममा आधाआधा गरि लिन सक्ने गरी व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।

हेर्नुहाेस सूचना

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update