Erani Mahal
पाल्पामा राहत वितरणलाई एकरुपता दिन संसदीय अनुगमन गरिने
DSC_4762

पाल्पा– पाल्पा जिल्लामा राहत वितरणलाई एकरुपता दिन संसदीय अनुगमन हुने भएको छ । जिल्ला समन्वय समितिमा बसेको बैठकले कोरोना भाइरसको लकडाउनले अलपत्र परेका मजुदुर र विपन्न परिवारलाई दिने राहतलाई प्रभावकारी रुपमा संचालन गर्ने निर्णय समेत गरेको छ ।

समाचार प्रतिनिधि फाइल तस्विर । ।


जिल्ला समन्वय समितिका का.वा. अध्यक्ष मिरा मरासनीको अध्यक्षतामा बसेको बैठकले जिल्ला स्थित राहात वितरण गर्दा विभिन्न स्थानीयतहरुबीचमा एकरुपमता नदेखिएकोले स्थानीय तहलाई एकरुपता कायम गरी राहात वितरण गर्न अनुरोध गरेको छ ।


यस्तै कोरोना उपचार तथा रोकथामको लागि भएगरेका कामको अनुगमन गर्नका लागि प्रदेश सरकारले प्रदेशका सांसदहरुको अनिवार्य उपस्थितिमा गर्ने निर्णय गरेकोले सोही अनुसार जिल्लाका दुई संसदीय क्षेत्रमा प्रदेश सांसदहरुको उपस्थितिमा अनुगमन गर्ने निर्णय भएको जिल्ला समन्वय समितिका प्रम्ुख मिरामरासिनीले जानकारी दिनुभयो ।


संसदीय अनुगमन समितिमा संसदीय क्षेत्र नं. १ मा सांसदहरु युवराज खनाल, नारायण प्रसाद आचार्य, पूर्मती ढेंगा, रमा घर्ती रहनुभएको छ । यस्तै क्षेत्र नं. २ मा तुलाराम घर्तीमगर, वीरबहादुर राना र डा. पुरनमान बज्राचार्य सहितको टोलीले संसदीय अनुगमन गर्ने निर्णय गरेको छ ।

गत चैत १ गतेदेखि नेपाल आएकाहरुको कोरोना परीक्षणको लागि किट उपलव्ध गराउन प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय समेत भएको छ, प्रदेश सभा सदस्य नारायण प्रसाद आचार्यले भन्नुभयो । अब यसले पाल्पा जिल्लामा कोरोना संक्रमण विरुद्ध लड्न थप मद्धत पुग्नेछ । यसैगरी नेपाल सरकारले जारी गरेको लकडाउनलाई पूर्ण रुपमा सर्वसाधारणलाई पालना गराउने निर्णय समेत भएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update