Erani Mahal
तिनाउमा चितवन र काठमाडाैँबाट फर्केकालाई क्वारेन्टाइनमा राखियाे
palpa_carrentine_my0Ph3sMFy-2

पाल्पा - तिनाउ गाउँपालिकाले विभिन्न स्थानबाट घरमा फर्किएका ४ जनालाइ क्वारेन्टाइनमा राखेकाे छ । चितवनबाट फर्केका ३ र काठमाडाैँबाट फर्केका १ गरी ४ जनालाइ क्वारेन्टाइनमा राखिएकाे गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले जानकारी दिनुभयाे ।

उनीहरूमध्ये तिनाउ २ नुवाकाेटकाे क्वारेन्टाइनमा ३ र तिनाउ ६ बेलडाँडाकाे क्वारेन्टाइनमा १ जनालाइ राखिएकाे छ । उनीहरूकाे नियमित स्वास्थ्य परीक्षण, खाना, नास्ताकाे व्यवस्था रहेकाे गाउँपालिकाले जनाएकाे छ । तिनाउमा यसअघि कुनै पनि मानिस क्वारेन्टाइनमा थिएनन् ।

पछिल्लाे समय चितवनमा र काठमाडाैँमा समेत काेराेना संक्रमित भेटिएपछि त्यहाँबाट घर फर्केकालाइ क्वारेन्टाइनमा राखेकाे गाउँपालिकाले जनाएकाे छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  २१:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update