Erani Mahal
घर फर्किएकालाई पूर्वखाेलाले राख्याे क्वारेन्टाइनमा
93574206_226415492010960_6048679825382572032_n

पाल्पा – पूर्वखोला गाउँपालिले वडा नं. ३ अर्खलडाँडामा रहेकाे क्वारेन्टाइनमा कपिलबस्तु जिल्लाको विजया गाउँपालिका वडा न १ बाट हिडेर घर फर्किएका ७ जनालाइ क्वारेन्टाइनमा राखेकाे छ ।

हिड्दै घर फर्केकाहरुलाइ पूर्वखोला गाउँपालिकाले जन उज्ज्वल आधारभुत बिध्यालयमा क्वारनटाइमा राखेको हाे । उनीहरू लकडाउनका कारण घर फर्किएका हुन् । गाउँपालिकाले कोरणटाइनमा रहने सबैलाइ खानाको व्यवस्थापन गरेकाे छ । कोरन टाइमा वस्नुअघि उनीहरूकाे स्वास्थ्य परीक्षण गरिएकाे र उनीहरूकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख माेहन ढकालले बताउनुभयाे ।

त्यहाँ बस्नेका लागि स्वास्थ्य संस्थामा पाउने औषधि निशुल्क पाउने व्यवस्था गरिएकाे छ ।

क्वारेन्टाइनमा बस्नेका लागि खाना सहित मनाेरन्जन र ज्वराेकाे जाँच गर्ने उपकरण, मास्क समेत व्यवस्था रहेकाे छ । यसैबीच पूर्वखाेलाकाे जल्पाकाे क्वारेन्टाइनमा समेत ६ जनालाइ क्वारेन्टाइनमा राखिएकाे वडा अध्यक्ष नीरबहादुर सारूले बताउनुभयाे । पाेखराबाट घर फर्केकालाइ गाउँपालिकाले क्वारेन्टाइनमा राखेकाे हाे ।

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  २०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update