Erani Mahal
प्याब्सन पाल्पाद्वारा काेराेना राहत काेषमा रकम सहयाेग
1587293927pb1

पाल्पा - नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) पाल्पाले पाल्पाका स्थानीय तहकाे राहत काेषमा रकम सहयाेग गरेकाे छ । जिल्लाका सात वटा स्थानीय तहमा राहत रकम सहयोग गरेकाे प्याब्सन पाल्पाका अध्यक्ष भरत न्याैपानेले जानकारी दिनुभयाे ।

प्याब्सनले सदस्य विद्यालयहरूबाट सहयोग स्वरूप उठाएको राहत रकम जिल्लाका २ नगरपालिका र ५ वटा गाउँपालिकालाई रकम प्रदान गरेकाे हाे । प्याब्सनले तानसेन नगरपालिकाकाले स्थापना गरेको कोरोना राहत कोषमा ५० हजार, रामपुर नगरपालिकाको राहत कोषमा ३० हजार सहयोग गरेको जनाएकाे छ ।

त्यस्तै बगनासकाली गाउँपालिका,रिब्दीकोट गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका,रम्भा गाउँपालिका,माथागढी गाउँपालिकाहरुले स्थापना गरेका राहत कोषमा २०/२० हजारका दरले रकम हस्तान्तरण गरेको प्याब्सनका कोषाध्यक्ष गंगाबहादुर खत्रीले बताउनुभएकाे छ ।

प्याब्सनले नोबल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि स्थानीय तहहरूले स्थापना गरेका राहत कोषमा केही सहयोग होस् भन्ने उद्देश्यले राहत रकम सहयोग गरिएको जनाएकाे छ । केन्द्रीय प्याब्सन मार्फत पाल्पा प्याब्सनले १ लाख ५० हजार रुपैयाँ केन्द्रिय राहत कोषमा सहयाेग गर्ने जनाएकाे छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७  २१:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update