Erani Mahal
रूरूक्षेत्र गाउँपालिकालाई खाद्य सामग्री हस्तान्तरण
tr

चुरामणी तिमिल्सिना, रिडी - रुरु फ्रेन्डस कलब रिडी गुल्मीले एक कार्यक्रमका साथ रुरु क्षेत्र गाउँपालिका बलेटक्सार गुल्मीमा रु ३० हजार बराबरको खाद्य सामाग्री हस्तान्तरण गरिएको हो । क्लबका कार्यबाहक अध्यक्ष सोभित थापाको अध्यक्षता रहेको कार्यक्रममा रुरु क्षेत्र गाउँपालिकाका अध्यक्ष निलकन्ठ गौतम प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रममा पालिकाकी उपाध्यक्ष लक्ष्मीदेबि पन्थ, प्रमुख प्रसासकीय अधिकृत चेतनाथ गिरी, रुरु गाउँपालिका वार्ड न १ का अध्यक्ष रामलाल बिक, पत्रकार, सुरक्षा निकाय पालिकाका कर्मचारीहरु र कलबका पधाधिकारिहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि गौतमले यस्तो बिपतकाे घडीमा कलब्ले सहरानिय काम गरेको भन्दै कलबलाइ हार्दिक धन्यवादज्ञापन गर्नुका साथै हरेक समयमा क्लबले पालिकालाइ ठूलो सहयोग गरेको बताउनुभयो ।

संस्थाले केही दिन देखि विभिन्न ठाउँहरुबाट मजदुर गरेर घर फर्केकाहरूलाइ खाना, नास्ताको व्यवस्था सहित पठाइएको कलबका सचिब राजेन्द्र जबराले बताउनुभयो । जबराले आफ्ना बुवा आमाहरुको सम्झनामा राहत वितरण गर्नुहुन भन्दै पालिकाका अध्यक्ष निलकण्ठ गौतमलाई रु ५ हजारको चेक समेत हस्तान्तरण गर्नुभएको थियो ।

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७  २१:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update