Erani Mahal
तानसेनमा 'कृषि एम्बुलेन्स' मार्फत उपभाेक्ताकाे घरमै तरकारी पुग्याे
IMG_9965

पाल्पा – लकडाउनको प्रभावकारी कार्यान्वयन गर्न र कोरोना संक्रमण रोक्न तानसेनका उपभोक्तालाई घरभित्रै तरकारी पु¥याउने अभियान सुरु भएको छ । ‘कृषि एम्बुलेन्स’मार्फत तानसेन नगरपालिकाद्वारा गठित तानसेन युवा परिषद्को व्यवस्थापनमा तानसेनका उपभोक्तालाई घरघरमै ताजा तरकारी पु¥याइएको हो ।


आइतबारदेखि ५० र १०० रुपियाँका प्याक बनाएर तानसेनको विभिन्न स्थानबाट तरकारी वितरण गरिएको परिषदका अध्यक्ष गुराँस आत्रेयले बताउनुभयो । लकडाउनको प्रभावकारी कार्यान्वयन गर्न र तरकारीको अभाव हुन नदिन युवा परिषद्ले तरकारी घर–घरमै पु¥याउने व्यवस्था गरेको उहाँले बताउनुभयो । आत्रेयका अनुसार पहिलो दिन २५ क्वीण्टल तरकारी बिक्री भएको छ ।

तस्विर सहयाेग : अनिल लिगल ।


‘कृषि एम्बुलेन्स’ले तानसेनको उपभोक्ताको घरमा बन्दा, काउली, सेमी र काक्रा पु¥याएको छ । दुई वटा ‘कृषि एम्बुलेन्स’मार्फत हरेक दिन बिहान ९ बजेदेखि ११ बजेसम्म तानसेनको विभिन्न स्थानमा तरकारी पु¥याउने योजना अनुसार काम भएको उहाँको भनाई छ । तानसेन–९, टिण्टीआँपस्थित मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्थासँगको समन्वयमा युवा परिषद्ले यो काम सुरु गरेको महासचिव धनु घिमिरेले बताउनुभयो ।


लकडाउनमा उपभोक्ता बाहिर निस्केर भीडभाड गर्ने र कोरोनाको जोखिम निम्त्याउनुभन्दा घरमै तरकारी पु¥याउने व्यवस्था गरिएको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बताउनुभयो । कृषकबाट खरिद गरिएको मुल्यमै उपभोक्तालाई तरकारी वितरण भईरहेको उहाँले बताउनुभयो ।


घरघरमा तरकारी पु¥याउँदा उपभोक्ताले ताजा तरकारी खान पाउने र कालोबजारी पनि रोकिने उहाँले बताउनुभयो । परिषदले पहिलो दिन तरकारीको माग धान्नै नसकेकाले सोमबारदेखि भने पाँच वटा सवारीसाधनमा तरकारी वितरण गरिने बताउनुभयो ।

तस्विर सहयाेग : सुनिल कार्की ।

पहिलो दिनको माग धान्नै गाह्रो भयो अध्यक्ष आत्रेयले भन्नुभयो सोमबारदेखि थप सवारीसाधनमा तरकारी वितरण गर्ने योजनामा छौँ । कृषि एम्बुलेन्समार्फत तरकारी वितरणको पहिलो दिन नेकपाका जिल्ला अध्यक्ष एवं प्रदेश सभा सदस्य नारायण आचार्य, नगरप्रमुख शाही, जनप्रतिनिधि, सहकारी संस्थाका पदाधिकारी, परिषदका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update