Erani Mahal
निस्दीमा दाेस्राे चरणकाे राहत वितरण गरिने
NISDI

पाल्पा – निस्दी गाउँपालिकाले दोस्रो चरणको राहत वितरण गर्ने निर्णय गरेको छ। निस्दी गाउँकार्यपालिकाको आइतबार बसेको बैठकले निस्दीका २ सय ५० घर गरिब तथा विपन्न परिवार र १५ जना ज्याला मजदुरी गर्नेलाई वडा कार्यालयको सिफारिसमा राहत वितरण गर्ने निर्णय गरेको अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभयो।

बैठकले पालिका भित्र रहेका दीर्घ रोगीको लागत संकलन गरी घरसम्म औषधि पुर्याइदिने , प्रत्येक वडामा स्वयंसेवक समिति गठन गर्ने, खाद्यान्न पसल विहान ७ बजेदेखि ९ बजेसम्म मात्रै खुलाउने र नेपालका प्रमुख शहर तथा स्थानबाट आउने प्रत्येक व्यक्तिहरुलाई अनिवार्य रूपमा वडा स्तरको क्वारेन्टाइनमा राखिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत भगवान भक्त अर्यालले बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update