Erani Mahal
पाल्पामा र्‍यापिड टेस्ट (आरडिटी) लागि २ सय बढी कीट उपलब्ध
kk

पाल्पा – र्‍यापिड डाइगोनस्टिक टेस्ट (आरडिटी) को माध्यमबाट संक्रमण परीक्षण गर्न पाल्पामा पुन २०० कीट आइपुगेको छ । यसअघि ८० कीट आएकोमा ४५ जनामा परीक्षण गरिएको थियो । पाल्पामा क्वारेन्टाइनमा बसेका ४५ जनामा गरिएको र्‍यापिड डाइगोनस्टिक टेस्टबाट सबैको रिपोर्ट नेगेटिभ आएको छ । यसअघि आएकाे ८० कीटमध्ये अझैँ केही बाँकी छन् ।


पाल्पामा गत चैत १ गतेदेखि हालसम्म बिदेशबाट १ हजार २६४ जना फर्किएका छन् । तीमध्ये १ हजार ९१ जना भारतबाट मात्रै पाल्पा आएको जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी यज्ञश्वर पन्थीले बताउनुभयो । बाँकी झण्डै २ सय खाडी लगायतका मुलुकबाट फर्किएका छन् ।

जिल्लास्थित कोरोना नियन्त्रण तथा रोकथाम कार्य टोलीको केही दिनअघि बसेकाे बैठकले विदेशबाट फर्किएका १ हजार २६४ जनाकै र्‍यापिड टेस्टको माध्यम्बाट कोरोना परीक्षण गर्न आवश्यक कीट प्रदेश सरकारसँग माग गरेको थियो । यद्यपी शुक्रबार २०० मात्रै कीट जिल्लाभित्र आइपुगेको स्वास्थ्य कार्यालय पाल्पाका निमिक्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिनुभयो ।


पाल्पाका दश वटै स्थानीय तहले र्‍यापिड टेस्टका लागि कीट माग गरेपनि माग अनुसार नआएकाे उहाँले बताउनुभयो । बाँकी कीट माग अनुसार आए परीक्षणमा सहजता आउने उहाँले बताउनुभयाे । स्थानीय तहहरुले विदेशबाट फर्किएका सबैको टेस्ट गर्ने गरी कीट माग गरेको न्यौपानेले बताउनुभयो ।

धेरै स्थानीय तहमा र्‍यापिड टेस्टका लागि माग भइ आएकाले हाल उपलब्ध भएको कीटबाट कोरोना संक्रमण परीक्षण गर्न समितिको बैठकले निर्णय गर्ने बताइएको छ । स्थानीय तहका ल्याब कर्मचारीलाइ समेत स्वाब निकाल्न र आरडिटी परीक्षण गर्न तालिम दिइसकिएकाे छ ।

र्‍यापिड टेस्टमा संक्रमण पाेजेटिभ देखिए पुन स्वाब समेत परीक्षण गरेपछि मात्र काेराेना संक्रमित घाेषणा गरिनेछ ।

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०७७  २१:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update