Erani Mahal
मिसन अस्पतालमा भर्ना भएका एक युवाकाे स्वाब परीक्षण गरिदैं
aa

पाल्पा – अस्थायी रूपमा तानसेन बस्ने तर स्थायी गुल्मी घर भएका एक जना युवाको स्वाब परीक्षणका लागि शनिबार प्रदेश स्तरीय प्रयोगशालामा पठाइएको छ । कोरोना संक्रमणको मिल्दोजुल्दो लक्षण देखिएपछि ३२ वर्षका ती युवाको स्वाब परीक्षणका लागि नमूना पठाइएको तानसेनस्थित मिसन अस्पतालले जनाएको छ ।


आफू नेपालमै बस्ने भएपनि विदेशबाट आएका मानिससँग समेत हेलमेल गरेका ती युवालाई केही दिनदेखि ज्वरो आउने, रुघाखोकी लाग्ने र छातीमा समेत केही समस्या देखिएको छ । उनी अहिले अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका छन् ।

स्वाब परीक्षणको रिपोर्ट भोलि आइतबार आउने जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमिक्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिनुभयो ।


पाल्पाबाट हालसम्म ८ जनाको स्वाब परीक्षण गरिएकोमा सबै जनाको नेगेटिभ रिपोर्ट आएको उहाँले जानकारी दिनुभयो । यी युवासँगै पाल्पाबाट अहिलेसम्म ९ जनाको स्वाब परीक्षण गर्न पठाइएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०७७  २०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update