Erani Mahal
नेविसंघ त्रिभुवन बहुमुखी क्याम्पस इकाइद्वारा विद्यार्थीलाई राहत प्रदान
nebisang-

पाल्पा- नेपाल विद्यार्थी संघ त्रिभुवन बहुमुखी क्याम्पस इकाईले तानसेनमा कोठा भाडामा बसेका र कोरोनाको असरले घर फर्कन नपाएका विद्यार्थीहरूलाई राहत प्रदान गरेको छ ।


संघले २१ जना विद्यार्थीहरूलाई खान नपाइ भोकै बस्न नपरोस भनेर राहत वितरण गरेको नेविसंघ त्रिभुवन बहुमुखी क्याम्पसका इकाई कार्यवाहक सभापति सुवास गैरेले बताउनु भयो । उहाँका अनुसार प्रति विद्यार्थी ५ किलो चामल, १ किलो दाल, १ लिटर तल, एउटा सावुन वितरण गरेको बताउनुभयो ।


राहत वितरण पश्चात बोल्दै नेपाली काँङ्ग्रेस पाल्पाका सचिव झपेन्द गैरेले सरकारले अहिले अति विपन्न, एकल महिला, अपाङ्ग भएका नागरिकहरूलाई राहत बाँढेपनि विद्यार्थीहरूलाई राहत वितरण नगरेको अवस्थामा नेवि संघ पाल्पाले अलपत्र परेका दैनिक जीवन यापन गर्न कठिन भएका विद्यार्थीहरूलाई सहयोग गरेकोमा धन्यवाद दिनुभयो ।

त्यस्तै ने वि संघका महामन्त्री महेश्वरी कुँवर यस्तै केन्द्रीय सदस्य हरिबोल भट्टराईले नेविसंघ सधै विद्यार्थीको हक हितका लागि लडने विद्यार्थी संगठन रहेको बताउदै आगामी दिनमा पनि अझै सशक्त भई विद्यार्थीको हक हितमा लाग्ने बताउनु भयो । राहत वितरण कार्यक्रम जिल्ला कार्यवाहक सभापति सुरेश बोहरा, सचिव दिपक पाण्डे लगाएतको उपस्थिति रहेको थियाे ।

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०७७  १९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update