Erani Mahal
लकडाउनका कारण तानसेनको खानेपानी महशुल छुट
Tansen-Khane-pani-

पाल्पा- विश्वभर फैंलिएको कारोनाको कारण लामो समयको लकडाउन भएपछि तानसेन खानेपानी उपभोक्तालाई महशुल छुट दिने भएको छ ।


तानसेन खानेपानी उपभोक्ता समितिको बैठकले चैत्र महिनाको महशुलमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो । समितिले फागुन देखि बैशाख सम्मको जरिवाना नलिने र चैत्र महिनाको शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय भएको समितिका अध्यक्ष चकोरमान शाक्यले जानकारी दिनुभयो ।


३ हजार ५ बढी उपभोक्ता रहेको समितिमा चैत्र महिनाको शुल्कमा मात्रै ५० प्रतिशत छुट दिदा पनि झण्डै साढे ८ लाख रकम हुन आउने समितिका कोषाध्यक्ष भीमसेन कार्कीले बताउनुभयो । समितिले महशुलक वापत मासिक १७ लाख बढी महशुल उठाउँदै आएको छ ।


लिफटिंग सिस्टमबाट पानी तानेर जिल्ला सदरमुकाम तानसेनमा खानेपानी बितरण गर्दे आएको छ । समितिले बैज्ञानिक पानी वितरयण नगर्दा घाटामा चलाउँदै आएको छ ।
तानसेनमा खानेपानी समस्या समाधान गर्ने भनेर कालीगण्डकी लिफ्टिंग योजना सुरु गरिएपनि अर्झैसम्म सम्पन्न हुन नसक्दा तानसेनमा गर्मियाममा खानेपानीको हाहाकार हुँदै आएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०७७  १९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update