Erani Mahal
चितवनबाट फर्केका युवालाई निस्दीकाे क्वारेन्टाइनमा राखियाे
kl-1

पाल्पा - निस्दी गाउँपालिका मित्यालम १ जनालाई क्वारेन्टाइनमा राखेको छ । निस्दी, मित्याल, १९ वर्षीय युवालाई शुक्रवार क्वारेन्टाइनमा राखेको हो ।

नारायणघाटमा गाडीको लाइनमा काम गर्दै आएका चितवनमा पनि कोरोना संक्रमित भेटिए पछि डरले घर जान भनेर पैदल यात्रा गर्दै २ दिनमा निस्दी आइपुगेका थिए । क्वारेन्टाइनमा बस्ने युवालाइ पालिकाले खाना खर्च वेहोर्ने गरि ४ नम्बर वडा कार्यलय मित्यालको व्यवस्थापन क्वारेन्टाइन राखेको वडा अध्यक्ष न्यो बहादुर सुनारीले बताउनुभयो ।

युवाकाे स्वास्थ परिक्षण गर्दा सामान्य देखिएको निस्दी गाउँपालिका स्वास्थ शाखा संयोजक रेम बहादुर दिशाले बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०७७  १९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update