Erani Mahal
तिनाउँमा विपन्न तथा मजदुरलाई  दोस्रो चरणको राहत प्रदान
93266731_611528212908859_6060478487091740672_n

पाल्पा- तिनाउँ गाउँपालिकाले लकडाउनको कारण अलपत्र परेका मजदुर र विपन्न परिवारलाई दोस्रो चरणको राहत वितरण गरेको छ ।


यस अघि ४ लाख ५० हजार रुपैंया बराबरको राहत वितरण गरिएकोमा दोस्रो चरणमा ६ लाख बराबरको राहत वितरण गरिने गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले बताउनुभयो । यसका लागि राहत कोषमा रकम जम्मा गरिएको र अन्य संघ संस्थालाई समेत सहयोग गर्न अपिल गरिएको अध्यक्ष घर्तीले जनाउनु भएको छ । राहात कोषमा अर्घाखाँची सिमेन्टले २ लाख ५० हजार वडा नं ३ का श्रीडाँडाका जनतालाई, वडा नंं. ६ मस्याममा ५ क्वीन्टल चामल र अन्य समामग्री उद्यमी व्यवसायी दिनेश रेग्मीले प्रदान गर्नुभएको छ ।

वडा नं. १ को कचलमा कम्लेटटरी सामुदायिक वन उपभोक्ता समूहले ७० हजार, सिद्धचुहार सावउसले ९४ हजार, मसिना सावउसले १ लाख ८४ हजार, वडा नं. २ दोभानमा ढापखोला सावउसले ८५ हजार, श्रृजनशिल सावउसले ८५ हजार, वडा नं. ३ मा झुम्सामा खुलखुले सावउसले ५४ हजार बरावरको खाध्यन्न सामग्री सहयोग गरेको छ । यस्तै सर्वोत्तम सिमेन्ट प्रालिले कचल क्षेत्र तथा अन्य केही सामुदायिक वन उपभोक्ता समूहले आफ्नो उपभोक्ता क्षेत्रभित्रका र चुनखानीले चुनखानी प्रभावित क्षेत्रका स्थानीयलाई राहात खाध्यन सहयोग गर्ने प्रतिवद्धता समेत जनाएको गाउँपालिकाले जनाएको छ ।

सबै सहयोगीलाई धन्यवाद दिर्दै एकद्धार प्रणालीबाट नै पारदर्शि तवरले राहत वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०७७  १८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update