Erani Mahal
तानसेन युवा परिषदले उपभाेक्ताकाे घरमै सुपथ मुल्यमा तरकारी पु-याउने
gm

पाल्पा – तानसेन युवा परिषद्को नेतृत्वमा तानसेनका उपभोक्तालाई २ वटा कृषि एम्बुलेन्सको सहायताबाट घरघरमै तरकारी दिने तयारी गरिएको छ । लकडाउनका कारण तानसेनका उपभोक्तामा परेको समस्यालाई मध्यनजर गर्दै परिषद्ले उपभोक्ताको घर–घरमा तरकारी पु-याउने तयारी गरेको हो ।


तानसेन नगरपालिकाको सहयोग र मदनपोखरा–संगम बहुउद्धेश्यीय सहकारी संस्थासँगको सहकार्यमा युवा परिषद्ले घरदैलो तरकारी बिक्री गर्न लागेको हो ।

प्रतिनिधि तस्विर : गुगल ।


परिषद्का अध्यक्ष गुँरास आत्रेयले आइतबार बिहान ९ बजेदेखि ११ बजेसम्म तानसेनका उपभोक्ताले काउली, बन्दा, काक्रालगायतका तरकारी तानसेनको चोकचोकमा पाउने बताउनुभयो । उहाँले परिषद्को नेतृत्वमा उपभोक्तालाई सुपथ मुल्यमा घरघरमै तरकारी पु¥याउने लक्ष्यका साथ कृषि एम्बुलेन्स संचालन गर्न लागिएको बताउनुभयो ।

उहाँले ५/५ किलाेकाे ५० र १०० रूपियाँका प्याकेटबाट तरकारी बिक्री हुने जानकारी दिनुभयाे । आइतबार तानसेनकाे टुंडिखेल, नारायणस्थान, असनटाेल हुँदै शित्तलपाटीसम्म कृषि एम्बुलेन्स पुग्नेछ । परिषद्ले १ घरलाइ १ पाेका तरकारी दिने याेजना बनाएकाे अध्यक्ष आत्रेयले जानकारी दिनुभयाे । तरकारी किसानसँग जुन मुल्यमा किनिएकाे छ, साेही मुल्यमा उपभाेक्तालाइ दिइने परिषदले जनाएकाे छ ।


लकडाउनका कारण उपभोक्ता बाहिर निस्कने सम्भावना नरहेको र तरकारी जस्ता बस्तुको अभाव भएकाले कालोबजारी हुन सक्ने भन्दै तानसेन नगरपालिकाकाे सहयाेगमा परिषद्ले यस्तो काम गर्न लागेको महासचिव धनु घिमिरेले जानकारी दिनुभयो ।

तानसेन नगरपालिकाका प्रमुख अशाेककुमार शाहीले तानसेनकाे उपभाेक्ताले लकडाउनका बेलामा पनि सहुलियत मुल्यमा तरकारीजन्य बस्तु पाउनुपर्छ भन्ने मान्यताका साथ काम गर्न लागेकाे बताउनुभयाे । यस्ताे विषम परिस्थितिमा युवाहरूकाे नेतृत्वमा हुन लागेकाे रचनात्मक कार्य प्रशंसनीय रहेकाे भन्दै उहाँले नगरपालिकाले अभिभावककाे रूपमा सहयाेग गर्न लागेकाे बताउनुभयाे ।

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०७७  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update