Erani Mahal
अलपत्र मजदुरलाई गाडीकाे व्यवस्था गरी सम्बन्धित स्थानमा पठाइयाे
rq

पाल्पा - निस्दी गाउँपालिकाले बाटोमा अलपत्र परेका १४ जना मजदुरलाई उद्दर गरेको छ। मकवानपुरको हेटौंडादेखि नवलपुर हुँदै निस्दी गाउँपालिकामा आइपुगेका १४ जना मजदुरहरुलाई पालिकाले खाना तथा नास्ता खुवाएर सम्बन्धित पालिकाहरुसंग समन्वय गरेर आ-आफ्नो जिल्लामा पठाएको छ।

उद्दार गर्ने मजदुरहरुमा रम्भ गाउँपालिका पाल्पाका ३ जना, पुतलीबजार नगरपालिका स्याङ्जाका २ जना, जयमुनी नगरपालिका बागलुङका ३ जना, गुल्मीको कालीगण्डकी गाउँपालिका २ जना चन्दकोट गाउँपालिका ३ जना र रुरु गाउँपालिकाका १ जना गरि १४ जना मजदुरहरुलाई पालिकाले गाडीको व्यवस्था गरेर रामपुर नगरपालिकासम्म र त्यहाँबाट सम्बन्धित जिल्लाका पालिकाले लिन आउने गरी पठाइएको अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभयो। उनीहरुको स्वास्थ परिक्षण गर्दा सामान्य रहेको निस्दी गाउँपालिका स्वास्थ शाखा संयोजक रेम बहादुर दिशाले बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०७७  १४:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update