Erani Mahal
रूरू फ्रेन्डस क्लबले काेराेना बिरूद्ध कार्यक्रम गर्ने
93939763_543273313230413_2921450116382457856_n

चुरामणी तिमिल्सिना, रिडी - रुरु फ्रेन्डस कलब रिडी गुल्मीको बैठक सम्पन्न भएको छ। क्लबका कार्यबाहक अध्यक्ष सोभित थापाको अध्यक्षतामा सन्चालित बैठकमा रुरु क्षेत्र गाउँपालिका वार्ड न १का वार्ड अध्यक्ष रामलाल बिक प्रमुख अतिथि रहनुभएको थियो ।

बैठकले कोभिड १९ बाट सबैलाई बच्न र बचाउन जनचेतना फैलाउने, रुरु क्षेत्र गाउँपालिकालाइ ३० हजार बराबरको राहात खाध्य सामाग्री आइतबार प्रदान गर्ने, रिडि बसपार्क खाने पानी सेनेटाइजर साबुनको ब्यबस्थापन गर्ने, बजार स्वास्थ केन्द्र क्वारेन्टाइन ठाउँ तथा बसपार्क क्षेत्रमा किट्नासक औषधि छर्कने, बजार पूर्ण बन्द गराउने, होटल सन्चालन गर्न नदिने, सवारी साधनमा प्रहरीसँग चेक जाँचमा खटिने लगायतको बैठकले निर्णय गरेको हो ।

बाहिरबाट आउने अल्पत्र परेका यात्रीलाई खाजा नास्ता समेत प्रदन गरेर सम्बन्धित ठाउँमा पठाउने निर्णय गरेकाे छ ।

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०७७  ०९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update