Erani Mahal
नेपालमा एकै दिन १४ काेराेना संक्रमित फेला, संक्रमितकाे संख्या ३० पुग्याे
tt

काठमाडौं - नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ३० पुगेकाे छ । नयाँ १४ जना संक्रमितमध्ये उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय रहेकाे बुझिएकाे छ । यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनका हुन् ।

नेपालमा एकै दिन यतिधेरै संख्यामा काेराेना संक्रमित देखिएकाे छ । पहिलेका १६ जनामध्ये उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७  २०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update