Erani Mahal
तानसेन नपाले काेराेना नियन्त्रण गर्न गरेका गतिबिधि (फाइल सहित)
Tansen-nagarpalika-1

पाल्पा – तानसेन नगरपालिकाले कोभिड–१९, कोरोना भाइरस रोकथाक तथा नियन्त्रण गर्न हालसम्म मुख्य १२ वटा क्रियाकलाप गरेको छ । नगरपालिकाले कोरोनाको संक्रमण हुन नदिन नगरमा सरसफाई, जनचेतनामुलक कार्यक्रम, विदेशबाट फर्किएकाको तथ्यांक संकलन र १२३ जनाको घरघरमै पुगेर स्वास्थ्य जाँच, जनप्रतिनिधि तथा कर्मचारीको तलबभत्ता काटेर विपद् कोष स्थापना गरेको छ ।


यस्तै ५० शैयाको क्वारेन्टाइन स्थापना, तानसेनका ३ अस्पतालसहितका संस्थालाई १२५ थान पिपिई सेट सहयोग गरेको छ । नगरपालिकाले विपन्न तथा ज्यालामजदुरीमा काम गर्ने १ हजार ६११ परिवारलाई राहत प्रदान गरेको, नगरका प्रमुख बजारमा डिसइन्फेक्सन छर्ने काम गरेको नगरपालिकाका सूचना अधिकारी दुर्गाबहादुर थापाले जानकारी दिनुभयो ।


कोरोना भाइरसको संक्रमण फैलन नदिन नगरपालिकाले संघीय र प्रदेश सरकारसँग सहकार्य र समन्वय गर्दै आएको, विभिन्न संघसंस्थासँगको सहकार्यमा कोरोना सचेतना कार्यक्रम गरेको, एसईईका विद्यार्थी लक्षित रेडियो कार्यक्रम गरेकाे उहाँले जानकारी दिनुभयाे ।

नगरपालिकाले कृषि तथा पशुपालनसँग सम्बन्धित कार्यक्रम बनाएको, लकडाउनबाट प्रभावित विभिन्न व्यक्तिहरुलाई सहयोग प्रदान गरिएको नगरप्रमुख अशोककुमार शाहीले बताउनुभयो । हालसम्म नगरपालिकाले काेराेना नियन्त्रण गर्न गरेकाे गतिबिधिले नगरभित्र काेराेना भाइरसकाे संक्रमण हुन नदिएकाे र भविष्यमा पनि नगरपालिकाले विभिन्न कार्य गर्दै जाने उहाँले उल्लेख गर्नुभयाे ।

तानसेन नगरपालिकाले हालसम्म कोरोना बिरुद्ध संचालन गरेका कार्यहरु निम्न छन् :–

https://eranimahal.com/wp-content/uploads/2020/04/Tansen-Anti-Covid-Activities-Media-2077.1.5.pdf

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७  १९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update