Erani Mahal
मिसन अस्पतालमा आइसोलेसनमा भर्ना भएकी युवतीको कोरोना रिपोर्ट ‘नेगेटिभ’
aa

पाल्पा - तानसेनको युनाइटेड मिसन अस्पतालमा आइसोलेसनमा भर्ना भएकी युवतीको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको छ । सुत्केरी समेत रहेकी ती युवतीमा रूघाखाेकी लगायतका समस्या देखिएपछि मिसन अस्पतालकाे आइसोलेसनमा भर्ना गरिएकाे थियाे ।

काेराेनासँग मिल्दाेजुल्दाे लक्षण देखिएपछि बिहीबार बुटवलस्थित प्रदेश प्रयाेगशालामा स्वाब परीक्षण गर्न पठाइएकाे थियाे । उक्त स्वाब परीक्षणकाे रिपाेर्ट नेगेटिभ आएकाे स्वास्थ्य कार्यालय पाल्पाका निमिक्त प्रमुख विश्वनाथ न्याैपानेले बताउनुभयाे ।

बगनासकाली गाउँपालिका-८ बराङ्दीकी २३ वर्षकी युवतीको रिपोट नेगेटिभ आएको उहाँले जानकारी दिनुभयाे ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७  १९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update