Erani Mahal
पाल्पाली समाज पोखराद्वा्रा पाल्पाका स्थानीय तहकाे विपद् कोषमा १ लाख सहयोग
rahat-help

पाल्पा - पाल्पाली समाज पोखराले कोभिड–१९ बाट उत्पन्न असहज परिस्थितिमा सरकारको विपद् व्यवस्थापन कोषमा १ लाख २० हजार रुपैयाँ नगद सहयोग गरेको छ । समाजमा आवद्ध सदस्यहरुको मूलघर पाल्पाका सबै १० वटै स्थानीय तहमा १ लाख र कर्मथलो पोखरास्थित पोखरा महानगरपालिकालाई २० हजार सहयोग गरेको हो ।


समाजका अध्यक्ष कुलप्रसाद घिमिरेले पाल्पाका तानसेन र रामपुर नगरपालिकासहित निस्दी, पूर्वखोला, रम्भा, तिनाउ, बगनासकाली, माथागढी,  रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिकाको लागि १०/१० हजार रुपैयाँ बैंकमार्फत राहत कोषमा पठाइएको जानकारी दिनुभएकाे छ ।


यसैगरी, शुक्रबार नै पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई समाजका अध्यक्ष घिमिरेले २० हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभयाे । जसमध्ये समाजको १० हजार र पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थातर्फबाट १० हजार रहेको छ ।


महानगर कार्यालय परिसरमा भएको रकम हस्तान्तरण कार्यक्रममा समाजका सल्लाहकार खेम सारु र प्रेस सल्लाहकार विजय नेपालको पनि उपस्थिति थियो । समाजले पाल्पा मूल भइ पोखरामा कठिन अवस्थामा परेका अति विपन्न र दैनिक ज्यालादारी गर्ने मजदुर पाल्पालीहरुलाई समेत लकडाउनका बेला खाद्यसामग्री सहयोगको व्यवस्था मिलाएको छ ।

पाल्पाली समाज पाेखरा पाल्पाकाे सामाजिक, शैक्षिक तथा पर्यटनकाे कार्यमा निरन्तर सहयाेगी र प्रेरक संस्था बन्दै आएकाे छ । यसअघि समाजसेवी तथा उद्याेगपति हरिप्रसाद पाण्डेयकाे सहयाेगमा विपन्न तथा जेहेन्दार छात्रवृत्ति स्थापना र पाल्पाकाे पर्यटन विकासमा पाेखरासँगकाे सहकार्यमा पाल्पाली समाजले विशेष भूमिका खेल्दै आएकाे छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update