Erani Mahal
निस्दीकाे प्रकाेप व्यवस्थापन काेषमा ७ लाख संकलन
NISDI

पाल्पा - निस्दी गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा नगद तथा खाद्यान्न गरि करिब ७ लाख जम्मा भएको छ। हाल सम्म निस्दी गाउँपालिकाको कार्यलयमा मात्रै नगद र अन्य खाद्यान्न तथा स्वास्थ सामग्री गरि करिब ७ लाख बराबरको सहयोग प्राप्त भएको र १ नम्बर वडा कार्यालय बाकामलाङमा पनि केहि सहयोग प्राप्त भएको गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभयो ।

होङशी शिवम सिमेन्ट प्रालि नवलपुरले नगद ३ लाख, रामपुर बचत तथा ऋण सहकारी संस्था रामपुरले ९० हजार बराबरको खाद्यान्न सहयोग, नवप्रतिभा बचत तथा ऋण सहकारी संस्था नवलपुरले नगद ६० हजार, अन्धकार मुक्ति बचत तथा ऋण सहकारी संस्था रामपुरले नगद ५० हजार, पोख्रेल कन्ट्रक्शन प्रालि रामपुरका प्रोपइटर केशव पोख्रेलले नगद ५१ हजार र १० बेड क्वारेन्टाइनको लागि सामग्री, नेकपा पाल्पा अध्यक्ष तथा प्रदेश संसद नारायण आचार्यबाट नगद ३० हजार, गल्धा महिला उधमी सहकारी संस्थाबाट नगद २६ हजार, जलदेवी महिला उधमी सहकारी संस्था सहलकोटबाट नगद २५ हजार, निशानीदेवी सामुदायिक बन मित्यालबाट नगद १५ हजार, बेस नेपालबाट नगद १० हजार, गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुबाट नगद १० हजार सहयोग प्राप्त भएको छ।

साथै अन्य विभिन्न सहकारी संस्था तथा व्यक्तिहरुले पनि सहयोग गर्ने आश्वासन दिएको अध्यक्ष सारुले बताउनुभयो । हालसम्म निस्दी गाउँपालिकाले पालिका भित्रका २ सय ८६ घर गरिव तथा विपन्न परिवारलाई राहत बाँडीसकेको छ। अब तत्कालै कार्यपालिकाको वैठक बसेर दोस्रो चरणको राहत वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत भगवान भक्त अर्यालले बताउनुभयो । निस्दी गाउँपालिकाले सनराईज बैंकको प्रकोप व्यवस्थापन खाता नम्बर ०८७०५६०८१८७०३००५ मार्फत सहयोग रकम जम्मा गरि एकद्वार प्रणालीबाट राहत वितरण गरिने यसअघिनै निर्णय गरेको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update