Erani Mahal
गाईले भीरमा धकेल्दा रास्काेटीकाे मृत्यु
5e5f3b38e521d_hatya

पाल्पा – जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा एक जना पुरुषको गाइले भीरमा धकलेर लड्दा मृत्यु भएको छ ।

आफ्नै घरको गाई चराउन जानुभएका रैनदेवी छहरा गाउँपालिका वडा नं. ६, गुहारठानाका ५० वर्षिय चन्द्रबहादुर रास्कोटीको गाईले भीरमा धकलेपछि मृत्यु भएको हो ।

बाटोमा हिड्ने क्रममा गाईले भीरमा धकलेको सडकदेखि १० मीटर तल खस्नुभएका रास्कोटीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । थप अनुसन्धान भईरहेको पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update