Erani Mahal
नेकपा पाल्पाका अध्यक्ष आचार्यद्वारा कोरोना विरुद्ध अभियानमा स्थानीय तहलाई सहयोग
naran-acharya

पाल्पा–नेपाल कम्युनिष्ट पार्टीका जिल्ला अध्यक्ष नारायणप्रसाद आचार्यले कोरोना विरुद्धको अभियानमा पाल्पाका स्थानीय तहलाई तीन लाख रुपैँया प्रदान गर्ने घोषणा गर्नुभएको छ ।


कोरोना रोकथामका लागि स्थानीय तहले गरेका क्रियाकलापको अनुगमन र जनतासँग एक चरणको भेटघाटपछि जिल्ला अध्यक्ष आचार्यले तीन लाख रुपैंया प्रदान गर्ने घोषणा गर्नुभएको हो । कोरोना भाइरस कोभिड १९ कारण विश्वमा करिव डेढ लाख मानिसको ज्यान गएको छ ।

प्रदेशसभा सदस्यसमेत रहनुभएका आचार्यले कोरोना रोकथाम र नियन्त्रणका लागि आफूले व्यक्तिगततर्फबाट जिल्लाका दश वटै स्थानीय तहलाई ३०/३० हजार रुपैंया प्रदान गर्ने बताउनुभयो ।


राजनीतिक क्षेत्रमा लागेपछि आफूले निस्वार्थ जनताको सेवा गरेको र यो संकटका बेलामा आफूले पाउने सेवा सुविधा पनि जनताकै हितमा खर्च गर्नु उपयुक्त लागेको अध्यक्ष आचार्यको भनाई रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update