Erani Mahal
रामपुर नगरपालिकाद्वारा दाेस्राे चरणको राहत वितरण गर्ने
Rampur-Nagarpalika

पाल्पा - पाल्पाको रामपुर नगरपालिकाले बिपन्न परिवार तथा मजदुरका लागि दोस्रो चरणको राहत बितरण गर्ने भएको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसको संक्रमण रोकथामका लागी भएका प्रयासलाई तदारुजताका साथ लैजाने र ज्यालामजदुरी गरि खाने परिवारलाई दोस्रो चरणको राहत दिने जनाएको हो ।


कोरोना भाइरस महामारीको कारण लकडाउन भएको अवस्थामा दैनिक ज्यालादारी गरी दैनिकी संचालन गर्ने मजदुरहरुलाई लक्षित गरी पहिलो चरणमा बितरण नगरेको परिवारलाई राहत वितरण गर्न थालिएको नगर प्रमुख तथा विपद् व्यवस्थापन समिति संयोजक रमण बहादुर थापाले बताउनुभयो । नगरका विपन्न र गरिब घरपरिवारले पहिलो चरणमा राहत पाउन छुटेकाहरुलाई के कसरी व्यवस्थापन गर्ने र उनीहरुलाई कसरी राहत दिने भन्ने बिषयमा छलफल गरि केही मापदण्ड बनाइएको थापाले बताउनुभयो । "निर्णय संगै नगरका वडाले वडागत लगत लिन सुरु गरेको छ, थापाले भन्नुभयो-पहिले छुटेका र साच्चिकै के खाउ भन्ने परिवारलाई राहतमा समेटिनेछ"।

पहिलो चरणमा पनि वडाले लगत लिएर सोही अनुसार बितरण गरेको थियो । तर पहिलो चरणमा हुनेखानेले राहत पाएको र पाउनुपर्ने दयनीय अबस्थाकाले नपाएको गुनासो आएपछी अबको राहत वितरणमा नागरिकता,फोटो, घरधनीको सिफारिस, निवेदन माग गरिएको र सो आधारमा अनुगमन गरेर वास्तविक बिपन्नलाई घर वा गाउमै पुगेर राहत दिने नगर प्रमुख थापाले बताउनुभयो ।

दोस्रो चरणको राहतमा राहत लिनेले घर मुलीको नागरिकता, लाइसेन्स वा कुनै परिचय खुल्ने परिचय पत्रको फोटोकपी,२ प्रती पि पि साइजको फोटो सहितको निवेदन दिनुपर्नेछ । असंगठित मजदुरले कसको घरमा कतिजना बसेको घर मालिकको सिफारिस सहितको निवेदन बैशाख ६ गतेसम्ममा वडा कार्यालयमा बुझाउनुपर्नेछ । तथ्याङ्क संकलन पश्चात सरोकारवालाहरुको समन्वयमा वास्तविक अवस्था पहिचान गर्न अनुगमन गर्ने र सो परिवारलाई सकेसम्म घर- घरमा नै राहत पुर्‍याउने वा नजिकको टोलबाट दिने व्यबस्था मिलाउने राहत अनुगमन समितिका संयोजक तथा उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यले बताउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update