Erani Mahal
कालीगण्डकी गाउँपालिकामा राहत वितरण
kkk

रिडी – कालीगण्डकी गाउँपालिका स्याङ्जाले पहिलो चरणको राहत बितरणकाे कार्यक्रम सम्पन्न गरेको छ । १८८ घर परिवारलाई चामल, चिनी, नुन, तेल, साबुन बितरण गरिएको गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले जानकारी दिनुभयाे ।

दोस्रो चरणमा राहत वितरण गर्न ४७० जनाकाे तथ्यांक संकलन भइरहेकाे बताउँदै उहाँले छिट्टै बाँकीलाइ पनि राहत वितरण गरिने बताउनुभयाे । दैनिक ज्यालादारी गरेर खाने, निमुखा वर्गका दैनिक छाक टार्न गारो परेका लाई राहत वितरण गरिएको गाउँपालिका उपाध्यक्ष सावित्रा काेइरालाले बताउनुभयाे ।

गाउँपालिकाका लागि चाहिने खाद्यान्न र औषधिकाे समेत व्यवस्थापन गरेकाे उपाध्यक्ष काेइरालाले बताउनुभयाे । पालिकाका प्रमुख प्रशासकीय अधिकृत झपेन्द्र रेग्मीले काेराेना नियन्त्रण गर्न र संक्रमण फैलन नदिने एक वडादेखि अर्काे वडामा हिडडुल गर्न राेक लगाएकाे बताउनुभयाे ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७  ०९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update