Erani Mahal
तानसेन नगरपालिकाद्वारा तीन अस्पताललाई ९० थान पिपिई प्रदान
93665913_10220934996580817_1369161743476981760_n

पाल्पा – तानसेन नगरपालिकाले पाल्पाका तीन अस्पताललाई ९० थान पिपिइ सहयाेग गरेकाे छ । कोरोना रोकथाम तथा उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने सुरक्षाकवच पिपिई नगरपालिकाले तीन अस्पतालहरूलाइ प्रदान गरेकाे हाे ।


नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पाल्पा अस्पताललाई १०, मिसन अस्पतालाई ४० र लुम्विनी मेडिकल कलेजलाई ४० जना पिपिई प्रदान गर्नुभयो । कोरोना संक्रमण नियन्त्रणमा निरन्तर खट्ने चिकित्सवकका लागि आवश्यक सुरक्षाकवच अस्पताललाई प्रदान गरिएको नगरप्रमुख शाहीले बताउनुभयो । उहाँले काेराेना नियन्त्रणमा खट्ने स्वास्थ्यकर्मीकाे मनाेबल बढाउन नगरपालिकाले निरन्तर लागि परेकाे बताउनुभयाे ।


पिपिई पाएपछि कोरोना उपचारका खट्न स्वास्थ्यकर्मीहरुलाई सहज हुने विस्वास नगर प्रमुख शाहीले गर्नुभयो । पाल्पा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेय र अस्पतालका निमिक्त प्रमुख डा. पुष्प ज्ञवालीलाई नगरप्रमुख शाहीले १० थान पिपिई हस्तान्तरण गर्नुभएकाे थियाे ।

यस्तै युनाइटेड मिसन अस्पतालका निर्देशक डा. रचेल कारख र लुम्विनी मेडिकल कलेज प्रभासका कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेललाई नगरप्रमुख शाहीले ४०/४० थान पिपिई प्रदान गर्नुभयो । पिपिई पाएपछि अस्पतालमा कोरोनाको आशंकामा आएका बिरामीको उपचारमा निर्धक्क रुपमा खट्न स्वास्थ्यकर्मीलाई सहज हुने मिसन अस्पतालका निर्देशक डा. कारखले बताउनुभयो ।

तस्विरहरू : गाेविन्द प्रसाद भट्टराइकाे फेसबुक पेजबाट ।
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०७७  २०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update