Erani Mahal
रामपुरको राहत कोषमा १० लाख बढी संकलन
92818745_3804820576256659_7201017978941341696_n

पाल्पा - रामपुर नगरपालिकाले स्थापना गरेकोे प्रकोप व्यवस्थापन कोषमा नगद तथा खाद्यान्न सामाग्री गरि १० लाख बढीको संकलन भएको छ । कोरोना भाईरसको संक्रमणका लागि लगाइएको लकडाउनमा उत्पन्न अबस्थामा बिपन्न परिवारलाई राहत दिन स्थापना गरिएको कोषमा विभिन्न संघ सस्थाले नगद तथा अन्य सामाग्री सहयोग गरेका हुन् ।

पहिलो चरणको राहत अन्तरगत नगरपालिकाले २१ लाखको खर्चमा नगरका सबै वडामा बिपन्न परिवारलाई राहत बितरण गरिसकेको छ । कोरोनाको प्रकोप जोखिम बढ्दै जादा सरकारले लकडाउन बढाउदै लगेपछी कोषमा थप रकम सहयोग गर्ने सस्थाहरु थपिदै गएको नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो ।

नगरमा प्रभावित बनेका दैनिक ज्यालादारी गरेर गुजारा चलाउने श्रमिक, अति विपन्न र अशक्त परिवारलाई राहत उपलब्ध गराउन नगरपालिकाको राहत तथा प्रकोप व्यबस्थापन कोषमा नगद तथा जिन्सी संकलन भएको हो। कोषमा बिहिबार सम्ममा नगद, खाद्यान्न तथा स्वास्थ्य सामाग्री गरी १० लाख ७ हजार ८ सय ७१ रुपया सहयोग जुटेको छ ।

हालसम्म पतञ्जली योगपिठ नेपालबाट २ लाख ६० हजार बराबरको साबुन, नेपाली कांग्रेस रामपुरबाट नगद १ लाख ७७ हजार ८ सय ५६, अन्धकारमुक्ती बचत तथा ऋण सहकारी बाट नगद १ लाख, एकिकृत मगर उत्थान समाज रामपुर बाट नगद ८२ हजार ३ सय ९०, क्षेत्री समाज नेपाल रामपुर बाट नगद २५ हजार १ सय २५, रामपुर बचत तथा ऋण सहकारी बाट ९० हजार बराबरको खाद्यान्न, नमस्ते रामपुर यातायात प्रालि बाट नगद ५० हजार, ग्रामीण उत्थान युवा समाज बाट ३१ हजार ५ सयको खाद्यान्न, रामपुर क्यापिटल एण्ड इन्भेष्टमेन्ट प्रालि बाट नगद २५ हजार, ग्रामीण विकास बचत तथा ऋण सहकारी संस्था बाट नगद २५ हजार, रामपुर उद्योग वाणिज्य संघ बाट नगद ५१ हजार, पूर्वी पाल्पा औषधी व्यवसायी संघ बाट ५० हजार बराबरको स्वास्थ्य सामाग्री, आदर्श भूपू सैनिक संस्था बाट नगद २० हजार, पाल्पा पोखरा सम्पर्क समाज बाट नगद १० हजार, बेस नेपालबाट नगद १० हजार बराबरको सहयोग संकलन भएको नगरपालिकाका योजना अधिकृत कपिल बहादुर खाँणले जानकारी दिनुभयो ।

रामपुर नगरपालिकाको समन्वयमा एकद्वार प्रणाली लागु हुनु अघि यहाँ सक्रिय ईस्लामिक सक्रिय युवा समाजले २ सय घरपरिवार र पूर्वी पाल्पा मजदुर व्यवस्थापन समितिले ४ सय ६ जना मजदुरलाई राहत सामग्री वितरण गरेको थियो । रामपुर नगपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले प्राप्त सहयोग नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गरिएको बताउँदै त्यही सहयोग मार्फत दोस्रो चरणको राहत वितरण गरिने बताउनुभयो ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले दोस्रो चरणको राहत वितरणका लागि वडा कार्यालयले लगत सङ्कलन गर्ने काम गरिरहेको बताउनुभयो। उहाँले २/३ दिनभित्रमा तथ्याङ्क संकलन पश्चात सरोकारवालाहरुको समन्वयमा वास्तविक अवस्था पहिचान गर्न अनुगमन गर्ने र सो परिवारलाई टोकन दिएर सकेसम्म घर- घरमा नै राहत पुर्‍याउने व नजिकको टोलबाट दिने व्यबस्था मिलाउने बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०७७  २०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update