Erani Mahal
झुम्सास्थित गाेरेटाेमा पुन मृत अवस्थामा फेला
5e5f3b38e521d_hatya

पाल्पा – जिल्लाको तिनाउ गाउँपालिका वडा नं. ३, झुम्सास्थित गोरेटो बाटोमा बिहीबार बेलुकी एक जना युवक मृत अवस्थामा फेला परेका छन् । गुल्मी जिल्ला मालिका गाउँपालिका घर भएका हाल तिनाउ ३ मा कोठाभाडामा लिएर बस्ने ३५ वर्षका ओमबहादुर पुन मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिनिधि तस्विर ।


उनको के कारणले मृत्यु भएको हो भन्ने बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । पुनको मृत्यु के कारणले भएको हो अनुसन्धान भईरहेको छ, जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुरज श्रेष्ठले भन्नुभयो ।

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०७७  १८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update