Erani Mahal
तिनाउमा रूखले च्यापिएर एक जना युवाकाे मृत्यु
00010

पाल्पा - तिनाउ गाउँपालिका वडा नं. १, ठूलीदान भन्ने स्थानकाे मसिना सामुदायिक वनमा रूख काट्ने क्रममा एक जना युबककाे रूखले च्यापिएर ज्यान गएकाे छ ।

बुधबार दिउँशाे सामुदायिक वनमा रूख काट्दा साेही रूखले च्यापिएर तिनाउ १ का ३४ वर्षिय युवक ओमबहादुर घर्तीकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।

प्रतिनिधि तस्विर : गुगल ।

ती युवककाे घटना स्थलमै ज्यान गएकाे र थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिनुभयाे ।

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०७७  ०८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update