Erani Mahal
पाल्पामा लकडाउन कडा : ड्राेनबाट अनुगमन गरिने, हिडडुल गरे क्वारेन्टाइनमा राखिने !
Image-7-2

पाल्पा – जिल्लामा लकडाउनलाई कार्यान्वयनमा कडाई गरिने भएको छ । लकडाउन प्रभावकारी कार्यान्वयन गर्न ड्रोनबाट समेत अनुगमन गरिने भएको हाे । कोरोना नियन्त्रण तथा उपचार सहयोग सहजीकरण समिति पाल्पाको बुधबार बैठक बसेर पाल्पामा लकडाउनलाई थप कडा बनाउने निर्णय गरेको हो ।


समितिको बैठकले जिल्लाभर नै लकडाउन प्रभावकारी बनाएर लैजाने, आफ्नो वडा क्षेत्रभन्दा बाहिरबाट कोही आए जो कोहीलाई जहाँ भेटिन्छ, त्यही क्वारेन्टाइनमा अनिवार्य राख्नुपर्ने, ¥यापिड टेस्टको माध्यम्बाट कोरोना परीक्षण गरिएकाहरु घरमै क्वारेन्टाइनमा बसे, नबसेको अनुगमन गर्न लगाउने र स्वास्थ्य परीक्षणकाे नियमित जानकारी लिने निर्णय समितिले गरेकाे छ ।

यस्तै चैत १ गतेदेखि विदेशबाट फर्किएको डेटा अद्यावधिक गर्ने र उनीहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी माग गर्ने निर्णय गरेको छ । चैत १ गतेदेखि स्वदेश पाल्पा फर्किएका सबैको आरडिटीको माध्यमबाट कोरोना सङ्क्रमण परीक्षण गर्ने निर्णय भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले जानकारी दिनुभयो । ¥यापिड टेस्टकाे लागि कीट प्रदेश सरकारसँग माग गर्ने निर्णय समेत भएकाे जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी यज्ञश्वर पन्थीले बताउनुभयाे ।

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०७७  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update