X

प्रदेश ५ सभाले ८ कराेड ६४ लाख सरकारलाई फिर्ता पठायाे

रानीमहल संवाददाता || ३ बैशाख २०७७,बुधबार ११:०२

बुटवल – प्रदेश ५, प्रदेश सभा सचिवालयले ८ करोड ६४ लाख रूपैयाँ प्रदेश सरकारलाई काेराेना नियन्त्रण गर्न भन्दै फिर्ता गरेको छ । प्रदेश सभा सचिवालयले मंगलबार आठ करोड ६४ लाख ३२ हजार रुपैयाँ बजेट प्रदेश नं. ५ को आर्थिक मामिला तथा योजना मन्त्रालय मार्फत प्रदेश सरकारलाई फिर्ता गरेको हो ।

कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र उपचारका लागि रकम फिर्ता गरेकाे प्रदेश सचिवालयले जनाएकाे छ । प्रदेश सभाका लागि चालु आर्थिक वर्षमा ३३ करोड १७ लाख ७४ हजार रुपैयाँ बजेट रहेकामा लकडाउनका कारण प्रदेश सभा बैठक चल्न नसकेकाले काेराेना नियनत्रणका लागि सरकारलाइ सहज हाेस् भनेर रकम फर्ता गरिएकाे सभामुख पूर्णबहादुर घर्तीमगरले बताउनुभयाे ।

उहाँले संकटका बेला प्रदेशसभाका अन्य कार्यक्रम पनि कटौती भएकाले खर्च हुन नसक्ने बजेट फिर्तागरिएको बताउनुभयाे ।

यसअघि प्रदेश सभा सचिवालयले सभामुख पूर्णबहादुर घर्तीमगर र उपसभामुख कृष्णी थारूको एक महिनाको तलब, प्रदेश सभा सदस्यहरूको १५ दिनको तलब र प्रदेश सभा सचिवालयमा कार्यरत कर्मचारीहरूको तह अनुसार एकमुष्ठ २३ लाख ३० हजार ४ सय २५ रूपयाँ प्रदेश सरकारले स्थापना गरेको प्रदेश प्रकोप व्यवस्थापन तथा उपचार कोषमा जम्मा गरिसकेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys