Erani Mahal
बिरामी बाेकेकाे बहानामा ८ जना यात्रु बाेक्ने एम्बुलेन्स प्रहरी नियन्त्रणमा
oo

पाल्पा – बिरामी बोकेको बहाना बनाएर यात्रु बोक्ने एम्बुलेन्स प्रहरीको फन्दामा परेको छ । तानसेन–७, प्रभासबाट बाग्लुङ्को खर्बाङ्तर्फ जाँदै गरेको लु २ च १४८० नम्बरको एम्बुलेन्स ८ जना यात्रुसाहित प्रहरीको फन्दामा परेको हो ।


बाग्लुङ्स्थित निस्दी बोडिगार्ड सामुदायिक विकास केन्द्र गुल्मीद्वारा सञ्चालित एम्बुलेन्सले ८ जना यात्रु बोकेर बाग्लुङ् जाने क्रममा तानसेनको होलाङ्दीमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिनिधि तस्विर : गुगल ।

प्रहरीले सवारी साधन अनुमति कार्यविधि २०७६ बिपरीत एम्बुलेन्स चलाएकाले चालक र एम्बुलेन्सलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले पछिल्लाे समय अनुमतिबिना एम्बुलेन्समा यात्रु बाेकेर हिडेकाे भन्दै अनुसन्धान तीव्र बनाएकाे छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०७७  ०८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update