Erani Mahal
रिडी क्षेत्रमा काेराेना बिरूद्धकाे कार्यक्रम जारी
er

चुरामडी तिमिल्सिना, पाल्पा - कोभिड १९ काेराेना संक्रमण राेक्न विभिन्न स्थानमा कार्यक्रम भएका छन् । निम्न आय भएका गरिब दैनिक मजदुरी गरेर खाने निमुखा बर्गहरुलाइ केही मात्रमा भएपनि सरकारले पालिका हुँदै वार्ड मार्फत राहत बाड्ने अभियानको करिब पहिलो चरणको कार्यक्रम सम्पन्न भएको छ ।

यसैसिलसिलामा ईलाका प्रहरी कार्यलय रिडी अस्थायी प्रहरी पोस्ट बस्पार्कमा रातदिन जनताहरुको सेवामा अहोरात्र खटिने नेपाल प्रहरी लाई अल्फ्रेन्डस कलब रिडीले मिनिरल वाटर र सेनेटाइजर प्रदान गरेको छ ।

अहिले रिडी माध्यमिक विद्यालयमा ६ दिनदेखि क्वारिटिनमा बसेका रुरु गाउँपालिका-२, का युवालाई भने काेराेनाकाे संक्रमण नदेखिएकाे रिडी प्राथमिक स्वास्थ्य केन्द्रले जनाएकाे छ । क्वारेन्टाइनमा निश्चित अबधि पूरा भएपछि उनीहरूलाइ घरमा पठाइने रूरूक्षेत्र गाउँपालिकाका अध्यक्ष निलकण्ठ गाैतमले बताउनुभयाे ।

पुन लकडाउनकाे अबधि थप भएकाे र पुन दाेस्राे चरणकाे राहत वितरणकाे काम गरिने गाउँपालिकाकी उपाध्यक्ष लक्षमीदेवी पन्थले बताउनुभयाे । गाउँपालिकाकाभित्र आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरू खरिद गरिएकाे र सबै वडामा पठाइएकाे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख छत्रबहादुर अधिकारीले बताउनुभयाे । अधिकारीले हाल पालिकाभित्र ३४ थान पिपिइ र ३ थान थर्मोमिटर रहेको उपाध्यक्ष पन्थले बताउनुभयो ।

मंगलबार गुल्मी छत्र्कोट -५ का १८ वषिय तिलबहादुर कुमाललाई रूघाखाेकी र ज्वराेकाे लक्षण देखा परेपछि आइसाेलेसन वार्डमा राखेर उपचार गरिएकाे अधिकारीले बताउनुभयाे । र स्वाब परीक्षणका लागि प्रदेश प्रयाेगशालामा पठाइएकाे डा. सुबाेध ज्ञवालीले जानकारी दिनुभयाे । गत चैत ९ गते भारतबाट आएका ती युवाका परिवारलाइ समेत क्वारेन्टाइनमा पठाइएकाे छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०७७  १९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update