Erani Mahal
एसईईका विद्यार्थीलाई पढाउँदै सामुदायिक रेडियाे मदनपाेखरा
Untitled-1

पाल्पा – सामुदायिक रेडियो मदनपोखराले तानसेन नगरपालिकासँगकाे सहकार्यमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थीहरुलाइ दूरशिक्षा कार्यक्रम सञ्चालन गरेकाे छ । एसईई परीक्षा दिने बेलामा परीक्षा राेकिएपछि घरमा बसेका विद्यार्थीलाइ पढाउने उद्धेश्यले रेडियाेले दूरशिक्षा कार्यक्रम एक सातादेखि संचालन गरिरहेकाे हाे ।

काेराेना संक्रमण फैलन सक्ने भन्दै सरकारले घाेषणा गरेकाे लकडाउन लम्बिएपछि सामुदायिक रेडियो मदनपोखरा मार्फत एसईइ लक्षित पठन पाठन सुरू गरेकाे तानसेन नगरपालिकाका प्रमुख अशाेककुमार शाहीले बताउनुभयाे । एसइइ दूरशिक्षा रेडियो कार्यक्रम हरेक दिन विहान सवा १० बजेदेखि ३ बजेसम्म प्रसारण भइरहेकाे छ ।

एसइई दिने तयारीमा रहेका बिद्यार्थीका लागि सहयोगी कक्षा एसइई पाठशालामा दैनिक ५ वटा कक्षा सञ्चालन भइरहेकाे रेडियाेका स्टेसन प्रवन्धक राजेशकुमार अर्यालले जानकारी दिनुभयाे । १०.१५ देखि ११ सम्म होत्रीराज ढुंगानाले अंग्रेजी बिषय, ११.१५ देखि १२ बजे सम्म रामप्रसाद ढकालले अनिवार्य गणित विषय, १२.१५ बजेदेखि १.०० बजे सम्म जीवन आचार्यले कम्युटर, १.१५ देखी २ बजे सम्म रामजीवन ज्ञवालीले विज्ञान, २.१५ देखि ३.०० बजे सम्म एकराज ज्ञवाली सामाजिक विषय अध्यापन गरिरहनुभएकाे उहाँले बताउनुभयाे ।

कार्यक्रमले विद्यार्थीलाई एसईइ तयारीमै ध्यान केन्द्रित गर्ने र शिक्षकहरु पनि संचार सम्पर्कबाट विद्यार्थीसँग रहदा थप प्रभावकारी हुने विस्वास गरिएकाे छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०७७  १८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update