Erani Mahal
पटक- पटककाे विद्युत अबराेधले सेवाग्रही हैरान
ridi

चुरामणी तिमिल्सिना, रिडी - रुरु क्षेत्र आस पासका क्षेत्रमा पटक-पटक बिधुत अबरुद्ध हुँदा सेवाग्राही हैरान भएका छन् । दैनिक छिनछिनमा विद्युत जाने समस्याले यस भेगका नागरिक हैरानी खेप्न बाध्य भएका छन् ।

रिडी क्षेत्रमा २० भन्दा बढी सरकारी तथा गैरसरकारी कार्यालयकाे सेवा समेत प्रभावित बनेकाे छ । लाइन जाने र आउने टुंगाे नहुँदा यस भेगका सेवाग्राही मर्कामा परेका छन् ।

पटक-पटक विद्युत जाने समस्याका कारण यस क्षेत्रका व्यापारी, व्यवसायी पनि मर्कामा परेका छन् । उनीहरूले विद्युत प्राधिकरणले सूचनाबिनै लाइन काट्ने गरेकाे गुनासाे गरेका छन् । प्राधिकरणले भने ट्रान्समिटर बिग्रिएका कारण समस्या भएकाे बताएकाे छ । उपभाेक्ताले पटक पटक माैखिक सुझाव दिएपनि प्राधिकरणले भने विद्युत अबराेधकाे समस्या समाधान गर्न सकेकाे छैन । यसले रिडी लगायत गुल्मीबासी दिनहुँ समस्या भाेग्न बाध्य भएका छन् ।

रूरू गाउँपालिका वडा नं. १ का अध्यक्ष रामलाल विकले विद्युत समस्या समाधान गर्न ध्यानाकर्षाणा गराएकाे बताउनुभयाे । यद्यपी समस्या भने अहिलेसम्म ज्यूकात्यू रहेकाे छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०७७  १०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update